
काठमाडौं, सभापति कप फुटबल प्रतियोगितामा संकटा क्लब फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा संकटा क्लबले मच्छिन्द्र एफसीलाई सडनडेथमा पराजित गर्दै उपाधिनजिक पुगेको हो ।
दशरथ रंगशालामा भएको सेमिफाइनलमा ९० मिनेट निर्धारित समयमा बराबरीमा गोलरहित सकिएपछि खेल सिधै पेनाल्टी सुटआउटमा पुगेको थियो । त्यसमा संकटा ८/७ ले विजयी भयो । पेनाल्टीमा संकटाका दीप कार्की, अबेकाह रिचर्ड, साम कार्लोस्, सृजन क्षेत्री, सन्तोष खत्री, बोटेङ इमानुएल, रोशन पहारी, राम थापा र चन्दन दासले गोल गरे ।
त्यस्तै मच्छिन्द्रका देवेन्द्र तामाङ, छिरिङ गुरुङ, ओमोलाजा करिम, सनिश श्रेष्ठ, बिमल घर्तीमगर, दिवाकर चौधरी र समिर राज थोकरले गोल गर्दा दयानन्द सिंह र आयुष घलान पेनाल्टीमा चुके ।संकटाले अब उपाधिका लागि एनआरटी क्लब र आयोजक लोकतान्त्रिक बागमती प्रदेशको टोलीबीचको विजेतासँग खेल्नेछ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १४ माघ २०८१, सोमबार २१:४७
११७ घरमा खानेपानीका धारा जडान

कीर्तिपुरलाई हराउँदै काठमाडौं गोदावरी मेयर कपको फाइनलमा

ISC delegates meet PM Oli to promote parliamentary cooperation

जीवन बीमा कम्पनीहरूको नाफामा वृद्धि

नेपाल स्टक एक्सचेञ्जमा दोहोरो अङ्कको गिरावट

महिला टी-२० विश्वकप छनोट स् हङकङ विरुद्ध नेपालले पहिला ब्याटिङ गर्दै
