काठमाडौं, सभापति कप फुटबल प्रतियोगितामा संकटा क्लब फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा संकटा क्लबले मच्छिन्द्र एफसीलाई सडनडेथमा पराजित गर्दै उपाधिनजिक पुगेको हो ।
दशरथ रंगशालामा भएको सेमिफाइनलमा ९० मिनेट निर्धारित समयमा बराबरीमा गोलरहित सकिएपछि खेल सिधै पेनाल्टी सुटआउटमा पुगेको थियो । त्यसमा संकटा ८/७ ले विजयी भयो । पेनाल्टीमा संकटाका दीप कार्की, अबेकाह रिचर्ड, साम कार्लोस्, सृजन क्षेत्री, सन्तोष खत्री, बोटेङ इमानुएल, रोशन पहारी, राम थापा र चन्दन दासले गोल गरे ।
त्यस्तै मच्छिन्द्रका देवेन्द्र तामाङ, छिरिङ गुरुङ, ओमोलाजा करिम, सनिश श्रेष्ठ, बिमल घर्तीमगर, दिवाकर चौधरी र समिर राज थोकरले गोल गर्दा दयानन्द सिंह र आयुष घलान पेनाल्टीमा चुके ।संकटाले अब उपाधिका लागि एनआरटी क्लब र आयोजक लोकतान्त्रिक बागमती प्रदेशको टोलीबीचको विजेतासँग खेल्नेछ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-01-27
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
