मेचीनगर। नेपाल मानव धर्म सेवा समिति मेची क्षेत्र युथ कमिटीले आइतबार मेचीनगर–१४ स्थित कृष्ण प्राथमिक विद्यालयका विद्यार्थीहरूलाई शैक्षिक सामग्री वितरण गरेको छ।

श्री सतपाल जी महाराजका जेष्ठ सुपुत्र श्रदेय विभूजी महाराजको जन्म उत्सवको अवसर पारेर समितिले १०६ जना छात्र–छात्रालाई कापी, डटपेन, पेन्सिल, र साप्नट हस्तान्तरण गरेको हो।कार्यक्रममा मेचीनगर–१४ का वडाध्यक्ष बाबुलाल सुब्बाको प्रमुख आतिथ्य रहेको थियो। प्रमुख अतिथि सुब्बाले मानव धर्म सेवासमितिले शिक्षा र मानवीय सेवामा पुर्याउँदै आएको योगदानको प्रशंसा गरे।

सभापतित्व महात्मा धर्मिता वाइजीले गर्नुभएको उक्त कार्यक्रममा पूर्व वडाध्यक्ष शंकर पोख्रेल, विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिल ढुंगाना, त्रिदेव बहुमुखी क्याम्पसका पूर्व अध्यक्ष माधव प्याकुरेल, समितिका अध्यक्ष दशरथ राई, र युथ संयोजक आशिष संग्रौलालगायतले बोलेका थिए। वक्ताहरूले मानव धर्म सेवासमितिले विपन्न समुदायका विद्यार्थीहरूको शिक्षामा पुर्याएको योगदानको चर्चा गरे।

मिडिया संयोजक पदम थापा मगरका अनुसार, समितिले शिक्षा अभियान अन्तर्गत विगत केही वर्षदेखि विभिन्न विद्यालयमा शैक्षिक सामग्री वितरण गर्दै आइरहेको छ।त्यसैगरी, समितिले हालै पाँचथरको फालेलुङ्ग ५ र ६ नम्बर वडामा बाढीपहिरो प्रभावित १६ परिवारलाई कम्बल, सिरक, डसना लगायतका सामग्री वितरण गरेको जानकारी दिइएको छ। केही साता अघि बौद्धमोडमा सम्पन्न स्वास्थ्य शिविर पनि मानव धर्म सेवासमितिको अर्को उदाहरणीय कार्यक्रम हो।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष अनिल ढुंगानाले स्वागत गरेको र समिरा रैका मगरले सञ्चालन गरेको कार्यक्रममा सहभागी सबैले समितिको मानवीय सेवाको प्रशंसा गरेका थिए।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-01-27
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
