काठमाडौं । पाल्पाका दश हजार बढी किशोरीलाई पाठेघरको मुखमा हुने क्यान्सरविरुद्धको खोप दिइने भएको छ ।संघीय सरकारले अभियानका रूपमा सञ्चालन गरेको कार्यक्रम अनुसार जिल्लाका दश स्थानीय तहका कक्षा ६ देखि १० सम्म अध्ययन गर्ने दश हजार ४५८ जना किशोरीहरुलाई एचपीभी खोप दिइने तयारी भएको स्वास्थ्य कार्यालय पाल्पाका प्रमुख टुकप्रसाद पोखरेलले जानकारी दिए ।
विद्यालयमा अध्ययनरत दश हजार ३८८ जना र विद्यालय बाहिर रहेका ७० जना छात्राहरु यो कार्यक्रममा सहभागी हुनेछन् । दुई चरणमा सञ्चालन हुने अभियानमा २३५ वटा विद्यालय र ७७ वटा स्वास्थ्य संस्थामा खोप केन्द्रको व्यवस्था गरिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।
विद्यालयमा अध्ययनरत दश हजार ३८८ जना र विद्यालय बाहिर रहेका ७० जना छात्राहरु यो कार्यक्रममा सहभागी हुनेछन् । दुई चरणमा सञ्चालन हुने अभियानमा २३५ वटा विद्यालय र ७७ वटा स्वास्थ्य संस्थामा खोप केन्द्रको व्यवस्था गरिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ ।खोप अभियानमा ३१५ भ्याक्सिनेटर स्वास्थ्यकर्मी र ६२७ स्वयमसेवक परिचान हुनेछन् । पहिलो चरण माघ २२ गते देखि २६ गतेसम्म पाँच स्थानीय तह र दोस्रो चरण माघ २८ देखि फागुन ४ गतेसम्म ५ स्थानीय तहमा गरी अभियान सञ्चालन हुने तयारी भएको स्वास्थ्य कार्यालयका खोप फोकल पर्सन विश्वनाथ न्यौपानेले जानकारी दिए ।
विद्यालय बाहिर रहेका किशोरीलाई स्वास्थ्य चौकीमा खोप केन्द्र बनाएर अभियानमा सहभागी बनाउने तयारी भएको स्वास्थ्य कार्यालयले जनाएको छ । कार्यक्रमलाई प्रभावकारी बनाउन सबै सरोकारवालाले पहल गर्नुपर्ने र त्यसका लागि विद्यालय र पालिकास्तरका स्वास्थ्य शाखाले प्रभावकारी भूमिका खेल्नुपर्ने जिल्ला समन्वय समिति पाल्पाका प्रमुख टंकनाथ खनालले बताए ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-01-27
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
