
काठमाडौं । कैलालीमा एक किशोरीमाथि सामूहिक बलात्कार भएको छ । जिल्लाको जोशीपुर गाउँपालिका–६ बस्ने १५ वर्षीय किशोरीमाथि चार जनाले सामूहिक बलात्कार गरेका हुन् ।
बलात्कार आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जोशीपुर–१ का १८ वर्षीय सुमन डगौरा र १८ वर्षकै कुशल चौधरी रहेका छन् ।उनीहरूलाई इलाका प्रहरी कार्यालय भजनीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता डीएसपी कबिन्द्रसिंह बोहराले जानकारी दिए ।
उनका अनुसार बलात्कारमा संलग्न अन्य दुई जना भने भारततर्फ भागेको प्रहरीले जनाएको छ । भारत भाग्नेमा १८ वर्षीय राजकुमार चौधरी र १९ वर्षीय आशिक चौधरी रहेका छन् ।
उनीहरू चार जनाले किशोरीमाथि २२ मंसिरमा सामूहिक बलात्कार गरेपनि ढिलो गरी खबर आएको प्रहरीले जनाएको छ । उनीहरू विरूद्ध जबरजस्तीकरणी शीर्षकमा किटानी जाहेरी दर्ता गरेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Sudina Shrestha
प्रकाशित: १४ माघ २०८१, सोमबार १२:४२
प्रधानमन्त्री ओलीले गरे रियल म्याड्रिडको स्टेडियमको अवलोकन भ्रमण (फोटो फिचर)

नेप्से २७ सय पार, ९ अर्ब ६४ करोडको कारोबार

युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
गायिका एलीनालाई अभद्र टिप्पणी गरेका कवि गुञ्जन राई पक्राउ

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १४ जना पक्राउ
लिभरपुलबाट खेल्ने पोर्चुगिच स्टार फुटबलर जोटाको कार दुर्घटनामा मृत्यु
