
काठमाडौं । नेपाल आर्मीका राजन रोकाया र धादिङकी सन्तोषी श्रेष्ठले चौथो राइट टु प्रोटिन हाफ म्याराथनको उपाधि जितेका छन्।शनिबार सम्पन्न हाफ म्याराथनतर्फ राजनले २१ किलोमिटर दूरी १ घण्टा ०६ मिनेट १० सेकेन्डमा पूरा गरी पुरुषतर्फ पहिलो स्थान हासिल गरे। महिलातर्फ सन्तोषीले १ घण्टा २० मिनेट ४८ सेकेन्डमा दूरी पार गरी उपाधि जितिन्।

पुरुषतर्फ आर्मीकै खडकबहादुर खड्का दोस्रो र जुलियस मुरलुकी तेस्रो भए। महिलातर्फ पूर्णलक्ष्मी न्यौपाने दोस्रो तथा पुष्पा भण्डारी तेस्रो स्थानमा रहे।
प्रतियोगितामा पुरुष र महिलातर्फ शीर्ष ५ स्थान हासिल गर्ने धावकहरूले क्रमशः १ लाख ५० हजारदेखि ३० हजारसम्म नगद पुरस्कार प्राप्त गरे।
नेपाल भेटेरिनरी संघद्वारा आयोजित यस प्रतियोगितामा विजेतालाई कृषि तथा पशुपन्छी विकास मन्त्री रामनाथ अधिकारीलगायतले पुरस्कार वितरण गरेका थिए। दौड त्रिपुरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भई विभिन्न स्थानको परिक्रमा गरी रंगशालामै समाप्त भएको थियो।
Sudina Shrestha
प्रकाशित: १३ माघ २०८१, आईतवार १२:५९
‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौं नम्बरमा नेपाल

एएफसी युमन्स एसिया कप क्वालिफायर्समा आज नेपाल र श्रीलंका खेल्दै

तीन पार्टीलाई ८४ सम्म उठ्नै नसक्ने गरी घायल बनाउनुपर्छः सागर ढकाल

संघीय संसदका पाँच समितिको बैठक बस्दै

फिफा क्लब विश्वकपः यी हुन् क्वाटरफाइनलमा पुग्ने ८ क्लब

नेपाल वायुुसेवा निगमकोजहाजहरू किन ढिलो र खाली उड्छन् ?
