काठमाडौं (एजेन्सी) । अमेरिकाले सबै वैदेशिक अनुदान तत्कालका लागि रोकेको छ । राष्ट्रपति डोनाल्ड ट्रम्पले गएको सोमवार हस्ताक्षर गरेको वैदेशिक अनुदान पुनर्मूल्याङ्कनसम्बन्धी कार्यकारी आदेशका आधारमा ट्रम्प प्रशासनले ९० दिनका लागि वैदेशिक सहायता रोकेको हुन् ।
अमेरिकी विदेशमन्त्री मार्को रुबियोले अहिले कायम वैदेशिक सहायता र नयाँ अनुदान वितरण कार्य स्थगन गर्न मातहत निकायलाई निर्देशन दिएका छन् । आपत्कालीन खाद्य सहायताका साथै इजरायल र इजिप्टको सैन्य कोषका लागि गर्ने सहयोगमा भने रोक लागेको छैन ।
अमेरिकी विदेश मन्त्रालयले मातहतका निकायमा अनुदान रोक्न जारी गरेको निर्देशनमा प्रस्तावित नयाँ सहायता वा हाल कायम अनुदानको थप बिस्तारबारे समीक्षा तथा अनुमोदन नभएसम्म नयाँ अनुदान वा विद्यमान अनुदान विस्तारका लागि कुनै पनि नयाँ कोष नबनाउन भनिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-01-26
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
