
काठमाडौं । ताप्लेजुङको फुङलिङ नगरपालिका– ११ पाथीभरा क्षेत्रमा प्रहरी र केबलकार निर्माणको विरोध गरिरहेका आन्दोलनकारीबीच झडप हुँदा पाँच जना घाइते भएका छन् । शनिबार बेलुकी प्रहरी र आन्दोलनकारीबीच झडप भएको हो ।
झडपका क्रममा प्रहरीले चलाएको गोली लागेर दुईजना गम्भीर घाइते भएका छन् । गोली लागेर यमबहादुर लिम्बू र धर्मान पालुङ्वा घाइते भएको बताइएको छ । दुवै घाइतेको ताप्लेजुङस्थित जिल्ला अस्पतालमा उपचार भइरहेको छ । प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माकाअनुसार झडपमा सशस्त्र प्रहरीका तीन जना घाइते भएका छन् ।
आन्दोलनकारीले प्रहरीलाई ढुङ्गा हानेपछि स्थिति तनावपूर्ण बनेको थियो । शर्माका अनुसार पाथीभरा क्षेत्रको बलुडाडा आसपास सुरक्षाकर्मी र केबलकार विरोधी पक्षबीच झडप हुँदा प्रहरीले गोली चलाएको हो । ‘उनीहरू माथि थिए, माथिबाट गुलेली र ढुंगा प्रहार भएपछि सुरक्षाकर्मीबाट फायरिङ भएको हो,’ सीडीओ शर्माले भने, ‘दुई जना घाइते छन् ।’ घटना बेलुका करिब ६ बजेको हो । आन्दोलनकारीबाट विभिन्न सामान बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
ताप्लेजुङमा पाथीभरा जाने केबलकार निर्माणका लागि निर्माण कम्पनी हिमालयन कन्सट्रक्सनले १५ महिनाभित्र निर्माण सम्पन्न गर्ने गरी मंगलबारबाट काम सुरु गरेपछि तनावको अवस्था उत्पन्न भएको हो । पहिचान पक्षधरले केबलकार निर्माण गर्दा पाथीभरा क्षेत्रको पहिचान मासिने भन्दै ‘नो केबलकार आन्दोलन’ चलाइरहेका छन् । उनीहरूले आइतबारबाट थप आन्दोलन गर्ने तयारी गरेको थिए ।
Sudina Shrestha
प्रकाशित: १३ माघ २०८१, आईतवार ०८:४३
प्रधानमन्त्री ओलीले गरे रियल म्याड्रिडको स्टेडियमको अवलोकन भ्रमण (फोटो फिचर)

नेप्से २७ सय पार, ९ अर्ब ६४ करोडको कारोबार

युके पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ
गायिका एलीनालाई अभद्र टिप्पणी गरेका कवि गुञ्जन राई पक्राउ

अवैध लागूऔषधसहित देशका विभिन्न स्थानबाट १४ जना पक्राउ
लिभरपुलबाट खेल्ने पोर्चुगिच स्टार फुटबलर जोटाको कार दुर्घटनामा मृत्यु
