काठमाडौं – ट्राफिक प्रहरीले अबदेखि जाँच गर्दा सवारी साधनको चाबी खोस्न नपाउने भएका छन्। अब ट्राफिक व्यवस्थापन तथा कारबाही कानुन अनुसार मात्र हुनेछ।

पाटन उच्च अदालतले ट्राफिक प्रहरीले सवारी साधनको चाबी खोस्ने कार्य गैरकानुनी भएको निर्णय सुनाएको छ। अदालतले ट्राफिक प्रहरीलाई कानूनको दायराभित्र रहेर मात्र काम गर्न निर्देशन दिएको छ।सार्वजनिक रूपमा ट्राफिक प्रहरीद्वारा चाबी खोस्ने कार्यको आलोचना भइरहेपछि यस्तो निर्णय गरिएको हो। यस कदमले सवारी चालकको अधिकारको सम्मान गर्दै ट्राफिक व्यवस्थापनलाई थप व्यवस्थित र मर्यादित बनाउने विश्वास लिइएको छ।
प्रहरी मुख्यालयका अनुसार अब नियम उल्लंघनमा कारबाही गर्दा सम्बन्धित कानुनअनुसार नै प्रक्रिया अपनाइनेछ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-01-25
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
