नेपाली कांग्रेस लोकतान्त्रिक खेलकुद संघ महाधिवेशन निर्देशन समितिको आयोजनामा बिहीबारदेखि सुरु भएको सभापति कप फुटबल प्रतियोगितामा संकटा क्लबले सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले प्रतियोगिताको उद्घाटन गरेका थिए।

बिहीबारको उद्घाटन खेलमा संकटाले ए डिभिजन लिग च्याम्पियन चर्च ब्वाइज युनाइटेडलाई ३–० को फराकिलो अन्तरले पराजित गर्यो। संकटाका लागि अबेका रिचर्डले दुई गोल गरेका थिए भने चन्दन दासले एक गोल थपे।
खेलको २१औं मिनेटमा अबेकाले गोल गर्दै संकटालाई अग्रता दिलाए। पहिलो हाफमा १–० ले अघि रहेको संकटाले दोस्रो हाफमा थप दुई गोल गर्दै जित सुनिश्चित गर्यो। ७०औं मिनेटमा अबेकाले व्यक्तिगत दोस्रो गोल गरे भने त्यसको दुई मिनेटपछि चन्दन दासले गोल गर्दै संकटालाई ३–० को नतिजा दिलाए।

संकटाले अब सेमिफाइनलमा मच्छिन्द्र र एपीएफ क्लबबीचको विजेतासँग प्रतिस्पर्धा गर्नेछ। मच्छिन्द्र र एपीएफबीचको खेल शुक्रबार अपराह्न ५:३० बजे दशरथ रंगशालामा हुनेछ।

आयोजकले सेमिफाइनल र फाइनल खेलमात्रै फ्लड लाइटमा खेलाउने भने पनि समय तालिका परिमार्जन गर्दै शुक्रबारदेखि फाइनलसम्मका सबै खेल फ्लड लाइटमा सञ्चालन गर्ने निर्णय गरेको छ।
प्रतियोगितामा आठ टोलीले सहभागिता जनाएका छन्। विजेताले नगद २६ लाख पुरस्कार प्राप्त गर्नेछ भने उपविजेताले १३ लाख पुरस्कार पाउनेछ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-01-24
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
