
सुर्खेत । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केपी शर्मा ओली नेतृत्वको सरकार अब धेरै नटिक्ने बताएका छन् । यो सरकार जबर्जस्ती चलेको उनको भनाइ छ ।
उद्योग वाणिज्य संघले नेपालगन्जमा आयोजना गर्न लागेको प्रादेशिक महोत्सव २०८१ को उद्घाटनका लागि बिहीबार सुर्खेत पुगेका प्रचण्डले यो सरकार जबर्जस्ती चलेको भन्दै अब धेरै नटिक्ने बताएका हुन् ।
‘मैले अनुमान गरेको कुरा नै लागू भएको छ । यो सरकार धेरै अगाडि जाँदैन भनेर सुरुवाती चरणमा नै भन्दै आएको थिएँ’ उनले भने, ‘प्रधानमन्त्रीको पार्टीमा नै उकुसमुकुस भइरहेको छ ।’ सरकारप्रति कुनै अभिरुचि नभएको जिकिर गर्दै प्रचण्डले अब माओवादी र कांग्रेसको सहकार्य हुन सक्ने संकेत गरे ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले भने, ‘अध्यादेशमै बढी जोड गरेपछि हामीले विपक्षहरूको तर्फबाट अभिलम्बचाहिँ सदन बोलाइएन भने हामीले विशेष अधिवेशन बोलाउने भनेपछि मात्रै सरकारले १८ गते अधिवेशन राख्ने भएको छ । नीतिगत रुपमा सरकारको आयु धेरै लामो छैन । जुन ढंगले सरकारको जन्मभयो । त्यो लामो आयुको छैन । तर, हामीलाई सरकारमा अहिले कुनै रुचि छैन । यद्यपि चितवनमा शेखर जीहरुसँग भेट हुँदा के कुरा भएको थियो त्यो हुनसक्छ ।’
Sudina Shrestha
प्रकाशित: १० माघ २०८१, बिहीबार १०:४९
नेपाल वायुुसेवा निगमकोजहाजहरू किन ढिलो र खाली उड्छन् ?

गृह मन्त्रालय र वायुसेवा सञ्चालक संघबीच समझदारी, उपत्यकाभित्रका उद्दार निःशुल्क हुने

संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड
भारतको कर्नाटकको एक जिल्लामा एक महिनामा २० जनाको हृदयघातबाट मृत्यु भएपछि छानबिनको आदेश

एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ
