
काठमाडौँ – एसपीजी अटोमोबाइल्सले चाबहिलमा नयाँ ओमोडा र जेकु शोरूमको उद्घाटन गर्यो।नेपालका लागि ओमोडा र जेकु गाडीका आधिकारिक वितरक एसपीजी अटोमोबाइल्स प्रालिले काठमाडौँको चाबहिलमा नयाँ शोरूमको उद्घाटन गरेको छ। उद्घाटन समारोहमा ऊर्जा, जलस्रोत तथा यातायात मन्त्रालयका राज्यमन्त्री पूर्णबहादुर तामाङ र अन्य उच्च अधिकारीहरूको उपस्थिति रहेको थियो।

नयाँ शोरूम, मित्रपार्क, चाबहिलस्थित काठमाण्डौ अटो ट्रेड प्रालिमा अवस्थित छ र यो एसपीजी अटोमोबाइल्सको विस्तार योजनाको एक भाग हो। उद्घाटनको अवसरमा कम्पनीले एक हप्ता लामो ‘एक्सचेन्ज एण्ड टेस्ट ड्राइभ क्याम्प’को आयोजना गर्ने घोषणा गरेको छ। आजदेखि सुरु भएको यो क्याम्प सात दिनसम्म चल्नेछ, जसमा ग्राहकहरूले ओमोडा भ्छ लक्जरी र डिलक्स भेरियन्टका नयाँ मोडेलहरू र जेकु व्ट प्रिमियम अफ(रोड गाडीको अनुभव गर्न सक्नेछन्।

एसपीजी अटोमोबाइल्सले आफ्ना ग्राहकहरूलाई अपराजेय सम्झौतासहित एक्सचेन्ज बोनस, नगद छुट र नयाँ गाडी खरिदमा ८० प्रतिशतसम्म वित्तीय सहायता प्रदान गर्ने प्रतिवद्धता जनाएको छ। यस क्याम्पमा ग्राहकहरूले आकर्षक ब्याज दरमा ऋण प्राप्त गर्ने र स्पट ब्यानिङको अवसर पनि पाउनेछन्। थप रूपमा, ग्राहकहरूले अटो प्लस बीमा कभर, अत्याधुनिक ७पध् चार्जर र हरेक खरिदमा निःशुल्क सामानहरू प्राप्त गर्नेछन्।
कम्पनीले सबै नयाँ गाडी खरिदकर्ताहरूलाई चाबहिलस्थित ओमोडा र जेकु शोरूममा भ्रमण गर्न र आकर्षक प्रस्तावहरूको फाइदा लिन प्रोत्साहित गरेको छ।
Sudina Shrestha
प्रकाशित: ९ माघ २०८१, बुधबार १२:३७
नेपाल वायुुसेवा निगमकोजहाजहरू किन ढिलो र खाली उड्छन् ?

गृह मन्त्रालय र वायुसेवा सञ्चालक संघबीच समझदारी, उपत्यकाभित्रका उद्दार निःशुल्क हुने

संघीय निजामति विधेयकमा बदमासी गर्नेलाई कारबाही गर्नेतर्फ लागेका छौं- प्रचण्ड
भारतको कर्नाटकको एक जिल्लामा एक महिनामा २० जनाको हृदयघातबाट मृत्यु भएपछि छानबिनको आदेश

एसीसी यू-१६ इस्ट जोनको सेमिफाइनलको समीकरण पुरा, नेपालको सामना मलेसियासँग

अमेरिका पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा पक्राउ
