
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेका छन् । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिले नेपालको संविधानको धारा ९३ को उपधारा (१) बमोजिम यही माघ १८ गते शुक्रबारका लागि दुवै सदनको अधिवेशन आह्वान गरेका हुन् ।
हिजो सोमबार बसेको मन्त्रिपरिषद् बैठकले संसद् अधिवेशन आह्वानका लागि राष्ट्रपतिसमक्ष सिफारिस गरेको थियो । संसद् अधिवेशन अन्त्य र आह्वान सरकारको सिफारिसमा राष्ट्रपतिले गर्ने संवैधानिक व्यवस्था छ ।
सो व्यवस्था बमोजिम राष्ट्रपति पौडेलले माघ १८ गते शुक्रबार दिउँसो १ बजे नयाँबानेश्वरस्थित संसद भवनमा बस्ने गरी दुवै सदनको बैठक बोलाएको गरेको राष्ट्रपतिको कार्यालयले जनाएको छ ।
Sudina Shrestha
प्रकाशित: ९ माघ २०८१, बुधबार ०८:५५
बागमतीमा तीन मन्त्री नियुक्त

जन्मदर बढाउन चीनले अब तीन बच्चाहरूको लागि १५०० डलरसम्म दिने

राष्ट्रिय सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

भोटेकोशीमा फेरी बाढी, रसुवामा उच्च सतर्कता

२०८२ साउन १४ गते बुधबार: आजको राशिफल

रुसी तटमा ८.८ रिक्टरको शक्तिशाली भूकम्प, जापान र अमेरिकासहितका देशमा सुनामीको चेतावनी
