काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी जेठ २ देखि ४ गतेसम्म काठमाडौैँमा हुने सगरमाथा संवाद कार्यक्रमको आज शुभारम्भ गरेका छन् ।
अन्तर्राष्ट्रिय हिमनदी वर्ष, २०२५ का अवसरमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा वन तथा वातावरण मन्त्रालय र परराष्ट्र मन्त्रालयद्वारा आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले संवाद कार्यक्रमको ‘लन्चिङ’ गरेका हुन् ।
सरकारले पहिलोपटक जलवायु परिवर्तन, हिमाल र मानव जीवनको भविष्यलाई केन्द्रमा राखेर हरेक दुई वर्षमा यस प्रकारको विश्वव्यापी संवाद आयोजना गर्न लागेको छ । प्रधानमन्त्री ओलीले नेपालले किन यस प्रकारको कार्यक्रम गर्न लागेको भन्ने विषयमा सम्बोधन गरेका छन् ।
नेपालले जलवायु न्यायका सन्दर्भमा अन्तर्राष्ट्रिय जगतमा सशक्त आवाज उठाउँदै आएको छ । कार्यक्रममा उपप्रधानमन्त्री, मन्त्रीहरु, सचिवहरु, विशिष्ट अधिकारी र नेपालस्थित कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधिको उपस्थिति रहेको थियो ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ९ माघ २०८१, बुधबार ०८:५२
२ लाखभन्दा बढी किशोरीले लगाए एचपीभी खोप
व्यवसायी वर्षा कुवरले जितिन‘ मिसेस व्यूटी क्वीन नेपाल सिजन ७ को ताज
‘मिसेस ब्युटी क्विन नेपाल २०२५’ को ताज वर्षा कुवरलाई
विदेशबाट पनि श्रम स्वीकृति
पाथीभरामा केवलकार निर्माण तत्कालका लागि स्थगित, ६ बुँदे सहमतिमा के छ ?
वर्ल्ड क्यान्सर डे : स्वास्थ्यमन्त्रीले भने- क्यान्सर रोकथाम र नियन्त्रणका लागि सरकार सजग छ