
काठमाडौँ । आज एकै पटक पाँच वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत दिउँसो साढे ११ बजे उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठक बस्दै छ । बैठकमा विद्युतीय व्यापारका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८० माथि छलफल हुनेछ ।
त्यस्तै दिउँसो १ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा महान्यायाधिवक्ताको कार्यालयको काम कारबाहीको सम्बन्धमा छलफल हुनेछ । त्यस्तै बिहान ११ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा उपसमितिहरुले समितिमा छलफल गर्ने भनी औँल्याएका विषय, समितिमा प्राप्त उजुरी उपरहरु सम्बन्धमा छलफल हुनेछ ।
दिउँसो ३ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसँग छलफल हुनेछ । बिहान ११ बजे बस्ने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको कार्ययोजना कार्यान्वयन अवस्थाको सम्बन्धमा छलफल हुनेछ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ८ माघ २०८१, मंगलवार ०९:४८
युवाहरूबीच झगडा हुँदा एकको मृत्यु

The price of gold being traded at Rs 170,500 per tola

Kathmandu have intensified security checks across the city due to holi

लागुऔषध गाँजासहित एक जना महिला पक्राउ

आज काठमाडौंसहित पहाडी क्षेत्रमा होली पर्व मनाइँदै

नेशनल इभेन्ट म्यानेजमेन्ट एशोसियसनको अध्यक्षमारवि धमला निर्वाचित
