काठमाडौं । गाडी दुर्घटना हुँदा मधेस प्रदेशका स्वास्थ्य तथा जनसंख्यामन्त्री शत्रुधनप्रसाद सिंहसहित तीनजना घाइते भएको छन् । गएराति मधेस प्रदेश ०२–००१ झ–०१६५ नम्बरको गाडी करिब साढे नौ बजे जनकपुरस्थित रामानन्द चोकमा दुर्घटना हुँदा मन्त्री सिंहसहित तीनजना घाइते भएका हुन् ।
स्वास्थ्यमन्त्री सिंह सवार गाडी खानेपानी डिभिजन कार्यालयको गाडीमा ठोकिएर दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी भुवनेश्वर तिवारीले जानकारी दिए ।
एसपी तिवारीका अनुसार दुर्घटनामा घाइते भएका मन्त्री सिंहको जनकपुर प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । मन्त्री सिंहसहित चालक र सुरक्षाकर्मी तीनैजनाको अवस्था सामान्य रहेको छ । उपचारमा संलग्न चिकित्सकले उनको स्पाइनल हड्डीमा चोट लागेको बताएका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-01-21
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
