
काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा नेकपा (एमाले) का सांसद रघुजी पन्तले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को आशन्न चीन भ्रमणको प्राथमिकता र कार्यसूचीबारे सदनलाई जानकारी दिन माग गरेका छन् ।
बैठकको विषेश समयमा सांसद पन्तले प्रधानमन्त्री दाहाल संयुक्त राष्ट्र अमेरिकाबाट सिधै चीन जानुभन्दा आफ्नै भूमिमा फर्किएर चीन जानु राम्रो हुने उल्लेख गर्दै चिनियाँ पुँजी र प्रविधि नेपालमा ल्याउन ठोस पहल गर्न आग्रह गरे ।
उनले नेपाललाई आत्मनर्भिर हुने जलाशयसम्बन्धी परियोजनामा चीनले सघाउन सक्नेमा जोड दिँदै पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलमा चीनका विभिन्न सहरबाट सिधा हवाई उडान सञ्चालनको पहल गर्न र बिआरआई परियोजनामा हस्ताक्षर भइसकेकाले लागू गर्न स्मरण गराए । प्रधानमन्त्री दाहाल आगामी असोज पहिलो साता चीन भ्रमणमा जाँदै छन् ।
Sudina Shrestha
प्रकाशित: २१ भाद्र २०८०, बिहीबार १६:१०
सवारी चालक अनुमतिपत्र प्रणालीसँग सम्बन्धित सबै सेवा बन्द

हुम्लाको कर्णाली करिडोर अवरुद्ध

जुवा खेलिरहेका ९ जना काठमाडौँबाट पक्राउ

प्राधिकरणसम्बन्धि विधेयक अगाडि बढाउन ढिलाइ नगरौं- मन्त्री पाण्डे

भारतको कर्नाटकस्थित आरक्षमा २० बाँदरको मृत्यु, छानबिनको आदेश

गभर्नर पौडेलसँग चिनियाँ राजदूत सोङको शिष्टाचार भेट
