काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख देवराज घिमिरेबीच भेटवार्ता भएको छ ।बालुवाटारमा प्रधानमन्त्री र सभामुखबीच भएको भेटवार्तामा संघीय संसद्को बिजनेसबारे छलफल भएको जनाएको छ । संसद्को नियमित अधिवेशन १८ माघमा बोलाउनेबारे सरकारले आन्तरिक छलफल गरिसकेको छ ।
सत्तारुढ दलका नेताहरूका अनुसार अधिवेशन बोलाउने मितिबारे यसअघिको मन्त्रिपरिषद् बैठकमा समेत छलफल भएको थियो । स्रोतका अनुसार सरकारले आज दिउँसो बस्ने मन्त्रिपरिषद् बैठकबाट आगामी १८ माघमा संसद् अधिवेशन आह्वान गर्ने गरी राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गर्ने तयारी गरेको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ७ माघ २०८१, सोमबार १६:१२
२ लाखभन्दा बढी किशोरीले लगाए एचपीभी खोप
व्यवसायी वर्षा कुवरले जितिन‘ मिसेस व्यूटी क्वीन नेपाल सिजन ७ को ताज
‘मिसेस ब्युटी क्विन नेपाल २०२५’ को ताज वर्षा कुवरलाई
विदेशबाट पनि श्रम स्वीकृति
पाथीभरामा केवलकार निर्माण तत्कालका लागि स्थगित, ६ बुँदे सहमतिमा के छ ?
वर्ल्ड क्यान्सर डे : स्वास्थ्यमन्त्रीले भने- क्यान्सर रोकथाम र नियन्त्रणका लागि सरकार सजग छ