प्रेमिकाले धोका दिएको भन्दै झापाका विनोदले आफ्नै शरीरमा लगाए आगो

काठमाडौं । प्रेमिकाले धोका दिएको भन्दै मोरङमा एक जना पुरुषले आफ्नै शरीरमा आगो लगाएका छन् ।झापाको दमक नगरपालिका–७ घर भएका ४० वर्षीय विनोद थापाले मोरङको उर्लाबारी नगरपालिका–६ स्थित प्रेमिकाको एक खाजा घरमा गएर पेट्रोल छर्किएर आफ्नै शरीरमा आगो लगाएका हुन् ।

जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी वेदप्रकाश जोशीले अन्नपूर्ण खाजा घरमा गएर उनले आफ्नै शरीरमा आगो लगाएको बताए । थापाको विराट टिचिङ अस्पतालमा उपचार भइरहेको छ ।

अन्नपूर्ण खाजा घर झापाको दमक नगरपालिका–३ घर भएकी २८ वर्षीय इन्द्र लिम्बुले सञ्चालन गरेकी हुन् । इन्द्रले आफूलाई धोक दिएको विनोदको आरोप छ । उनीहरू दुवैजना विवाहित हुन् । इन्द्रलाई सोधपुछ गरेर परिवारको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।

रातो चन्द्रसुर्य डेस्क

प्रकाशित: ७ माघ २०८१, सोमबार १३:२६