
काठमाडौं । एभरेस्ट बैंकको चालु आर्थिक वर्ष २०८१/८२ दोस्रो त्रैमासमा नाफा २१ प्रतिशतभन्दा बढी बढेको छ । गत आव सोही अवधिको तुलनामा एभरेस्टले नाफा २१.११ प्रतिशतले बढाएको हो ।

सोमबार प्रकाशित दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार एभरेस्टले यस अवधिमा २ अर्ब ७ करोड रुपैयाँ नाफा कमाएको छ । गत वर्ष सोही अवधिमा बैंकको नाफा १ अर्ब ७१ करोड थियो । बैंकको खुद नाफासँगै वितरणयोग्य नाफा पनि बढेको छ ।
यस अवधिमा बैंकले २ अर्ब ७२ करोड रुपैयाँ वितरणयोग्य नाफा आर्जन गरेको छ । गत वर्ष यस्तो नाफा २ अर्ब ४० करोड थियो । यस अवधिमा बैंकले ब्याज आम्दानीमा १९ प्रतिशत वृद्धि गरेको छ भने कमिसन तथा शुल्कबापत आम्दानीमा १४.४६ प्रतिशतको वृद्धि छ ।
गत वर्ष ४३ करोड रहेको बैंकको इम्पेयरमेन्ट शुल्क अहिले घटेर ३५ करोडमा झरेको छ । एभरेस्टले सबैभन्दा बढी प्रतिसेयर आम्दानी (ईपीएस) को प्रतिस्पर्धामा आफूलाई अगाडि नै राखेको छ, जुन यस अवधिमा बढेर ३२ रुपैयाँ पुगेको छ । पीई रेसियो भने १८ बाट सीमान्त बढेर १८.१२ मा पुगेको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ७ माघ २०८१, सोमबार १२:५०
भारत र पाकिस्तानबीच युद्धविराम सहमति भएपनि कार्यान्वयनमा चुनौती

‘ड्रेस टू इम्प्रेस सीजन ११’ को विभिन्न चार विधामा रोजिना, साहिल, ललिता र करिश्मा सर्वोत्कृष्ट (तस्विरहरु)

नेपाल क्यान्सर निवारण प्रतिष्ठानद्वारा प्रकाशित क्याण्डर निःशुल्क वितरण

मिस वल्र्डमा सहभागी हुन मिस नेपाल सृच्छा प्रधान भारत प्रस्थान

आइसिसी विश्वकप लिग–२ र टी–२० सिरिजका लागि नेपाली राष्ट्रिय टोली घोषणा

नेपाली फुटबलको वार्षिक क्यालेन्डर सार्वजनिक
