
काठमाडौं । सडकमा चेकिङ गर्दा सर्वसाधारणले आफ्ना मान्छेलाई फोन गरेको भन्दै कुटपिट गर्ने प्रहरी कर्मचारीमाथि छानबिन थालिएको छ । दुई पाङ्ग्रे सवारी रोकेर चेकजाँच गर्दा चालकले फोन गर्न खोजेपछि प्रहरीले ‘पावर देखाएको भन्दै निर्घात कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल छ ।
घटना चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा भएको बुझिएको छ । सो घटनाबारे छानबिन थालिएको चितवनका एसपी गौतम मिश्रले बताएका छन् । छानबिनका लागि डीएसपी ज्ञान कुमार महतोको नेतृत्वमा समिति गठन गरिएको छ । एसपी मिश्रका अनुसार घटनाबारे समितिले तथ्य पत्ता लगाएर प्रतिवेदन दिएपछि संलग्न प्रहरी कर्मचारीलाई कारबाही प्रक्रिया अघि बढ्ने छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ७ माघ २०८१, सोमबार १०:५५
भोली देखि देशभर अनिश्चितकालीन यातायात बन्द हुने घोषणा

चन्द्रागिरिमा भएको दुर्घटनामा महिलाको मृत्यु

Prachanda says Maoist awakening campaigns are mobilizing communities nationwide

कर्णाली विकास बैंकको रमक हिनामिना आरोपमा संस्थापक अध्यक्ष राय पक्राउ

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

थाइल्याण्डकी ओपललाई मिस वर्ल्ड २०२५ को उपाधि
