
काठमाडौं । अमेरिकामा टिकटक बन्द भएको एक दिनपछि फेरि चल्न थालेको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले टिकटक प्रतिबन्ध खोल्न कार्यकारी आदेश दिने बताएपछि भिडियो शेयरिङ एप टिकटक चल्न थालेको हो ।
ट्रम्पले आज अमेरिकाको ४७औँ राष्ट्रपतिका रुपमा कार्यभार सम्हाल्दैछन् । जनवरी १९ मा अफलाइन भएको टिकटक ट्रम्प प्रतिबद्धतापछि खुलेको बीबीसीले उल्लेख गरेको छ । यसअघि आइतबार टिकटकले ‘कि अमेरिकी कम्पनीलाई बेच्नुपर्ने कि सेवा बन्द गर्नुपर्ने’ कानुनको म्याद सुरु हुन लाग्दा शनिबारबाटै टिकटक बन्द भएको थियो ।
सन २०२४ अप्रिल २४ मा लागु भएको कानुनको प्रावधान सुरु गर्ने अन्तिम मिति बाइडेन कार्यकालको अन्तिम दिन अर्थात् जनवरी १९ सम्म रहेको थियो । बीबीसीका अनुसार अ मेरिकामा १७ करोड टीकटक प्रयोगकर्ता छन् ।
ट्रम्पले टीकटक खोल्ने प्रतिबद्धता दिएपछि टीकटकले एक जानकारी सार्वजनिक गरेर ट्रम्पलाई ‘दीर्घकालीन’ टीकटक सञ्चालनबारेमा ‘प्रस्टता र प्रतिबद्धता’ दिएकोमा ‘धन्यवाद’ भनेको छ ।
Sudina Shrestha
प्रकाशित: ७ माघ २०८१, सोमबार ०९:१९
‘सोलो एड्भेन्चर ट्राभल’ सूचीको सातौं नम्बरमा नेपाल

एएफसी युमन्स एसिया कप क्वालिफायर्समा आज नेपाल र श्रीलंका खेल्दै

तीन पार्टीलाई ८४ सम्म उठ्नै नसक्ने गरी घायल बनाउनुपर्छः सागर ढकाल

संघीय संसदका पाँच समितिको बैठक बस्दै

फिफा क्लब विश्वकपः यी हुन् क्वाटरफाइनलमा पुग्ने ८ क्लब

नेपाल वायुुसेवा निगमकोजहाजहरू किन ढिलो र खाली उड्छन् ?
