
काठमाडौं । महान्यायाधिवक्ता रमेश बडालले प्रस्तावित तिलगंगा नेत्र विश्वविद्यालय र तिलगंगा होल्डिङ्सलाई नछुट्याउन सुझाव दिएका छन् । राष्ट्रिय सभाअन्तर्गतको विधायन व्यवस्थापन समितिले आइतबार महान्यायाधिवक्ता बडाललाई कानुनी परामर्शका लागि बोलाएको थियो । सिंहदरबारस्थित समितिको सभाकक्षमा भएको छलफलमा उनले तिलगंगा होल्डिङस् र नेत्र विश्वविद्यालय छुट्याउन नहुने सुझाव दिए ।
सरकारले नेपाल आँखा कार्यक्रम र अन्धोपन निवारण समाजलाई एकीकृत गर्दै विश्वविद्यालय सञ्चालन गर्ने गरी तिलगंगा नेत्र विश्वविद्यालय विधेयक ल्याएको छ । यी दुवै संस्था गैरसरकारी संस्था हुन् । आँखा कार्यक्रम जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता छ भने अन्धोपन निवारण समाज मकवानपुरमा दर्ता छ । गैरसरकारी संस्था विघटन गरेर त्यसले सञ्चालन गर्दै आएको अस्पताल, शैक्षिक कार्यक्रम र कर्मचारीहरूको दायित्व नेत्र विश्वविद्यालयमा सर्ने प्रस्ताव प्रस्तावित विधेयकमा छ ।
यसरी दुई वटा संस्थाको दायित्व विश्वविद्यालयमा सार्ने, भनिए पनि आँखाको लेन्स उत्पादन गर्ने कार्यक्रमका लागि खोलिएको तिलगंगा होल्डिङ्सको विषयमा विधेयक मौन रहेपछि समितिमा प्रश्न उठेको हो ।
नेपाल आँखा कार्यक्रम र अन्धोपन निवारण समाजको दायित्व लिएर फन्ट रेजर इन्सिच्युसनलाई नछुट्याउनुहोला,’ महान्यायाधिवक्ता बडालको रायको सुझाव छ, ‘तिलगंगा होल्डिङ्स भन्ने हालसालै स्थापना भएको छ । त्यो फन्ट रेजर इन्टिटी हो ।
यस्तो प्रश्नमा महान्यायधिवक्ता बडालले आम्दानी गर्ने गरि स्थापित भएको तिलगंगा होल्डिङ्ससमेत नेत्र विश्वविद्यालयसँगै हुने गरी ऐन बनाउन संसदीय समितिलाई सुझाएका हुन् । ‘सरकारले विश्वविद्यालय ल्याउने र पढाउने दायित्व लिने तर, कमाउने कम्पनी अर्कै रहिरहने कुरा गतल भएको बताएका छन् ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ७ माघ २०८१, सोमबार ०९:०७
अमेरिकामा एकै परिवारका चार नेपाली मृत भेटिए

‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ नबिल बैंकलाई

भारतबाट फर्केका सुदूरपश्चिमका पाँचजनामा कोरोना संक्रमण

Armyworm outbreak damages maize crops in Ramechhap

अमेरिकाद्वारा नेपालीलाई दिंदै आएको टीपीएस अनुमति खारेज, दुई महिनाभित्र स्वदेश फर्कनुपर्ने

राजतन्त्र कहिल्यै आउँदैन: सभापति देउवा
