
तस्बिर : पद्मसगर कक्षपती
काठमाडौं, भिमसेनस्थानका साँ गुठी (महर्जन) द्वारा सञ्चालित ऐतिहासिक परम्परा अन्तर्गत मरूसतस् ९काष्ठमण्डप०को गजूरमा पतास् फेर्ने तथा गाई पूजा गर्ने प्राचीन संस्कार आज पनि जिवन्त छ।
यो परम्परा विशेष रूपमा गाईलाई श्रद्धा व्यक्त गर्ने तथा समृद्धि र सौभाग्यको प्रतीकको रूपमा गहुँ दाना दुई दोको खुवाउने चलनले चिनिन्छ। परम्परागत बाजागाजासहित डबलीमा होम र पूजा(अर्चनाको आयोजना गरी यो कार्य सम्पन्न गरिन्छ।
मरूसतस्को यो ऐतिहासिक विधि काठमाडौँ उपत्यकाको सांस्कृतिक विविधताको अद्वितीय पाटो हो, जसले समुदायलाई आपसमा जोड्न मात्र होइन, परम्परालाई पुस्तान्तरण गर्न महत्वपूर्ण भूमिका खेल्छ।
गुठी संस्थाको यस योगदानले प्राचीन नेवारी सभ्यता र परम्परालाई नयाँ पुस्तामा निरन्तरता दिन विशेष महत्त्व राख्छ।
सुदिना श्रेष्ठ
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ५ माघ २०८१, शनिबार ०९:५९
नेपालमा अब तीन वर्गका ट्याक्सी

देशका अधिकांश भूभागमा गर्मी, काठमाडौंमा ३४ र भैरहवामा ४२ डिग्रीसम्म पुग्ने

चिकित्सक सङ्घद्वारा आकस्मिकबाहेक सबै स्वास्थ्य सेवा बन्द गर्ने घोषणा

तीन दिनभित्र विद्यालयमा पठनपाठनको वातावरण बनाउन सरकारलाई सर्वोच्चको आदेश

संसद्का दुवै सदनको अधिवेशन आजदेखि

एमसिसी अन्तर्गतका परियोजना चाँडै बन्द हुँदैछ
