काठमाडौं, नेपाल सीनियर केयर प्रा।लि। र नेपाल क्यान्सर निवारण प्रतिष्ठानबीच तीन वर्षका लागि स्वास्थ्य सेवा सहकार्य गर्न विशेष सम्झौता (एमओयू) भएको छ। यस सम्झौताले ज्येष्ठ नागरिक र क्यान्सर रोगीहरूको स्वास्थ्य सेवा सहज र प्रभावकारी बनाउने लक्ष्य लिएको छ।

सम्झौतामा नेपाल सीनियर केयरका तर्फबाट प्रमुख कार्यकारी अधिकृत आरती पौडेल र नेपाल क्यान्सर निवारण प्रतिष्ठानका अध्यक्ष हरी गोपाल प्रधानले हस्ताक्षर गरेका थिए। नेपाल क्यान्सर निवारण प्रतिष्ठानका उपाध्यक्ष सागर कटवाल र नेपाल सीनियर केयरका तर्फबाट पूजा मैनालीले साक्षीको रूपमा हस्ताक्षर गरेका थिए।
समारोहमा नेपाल क्यान्सर निवारण प्रतिष्ठानका प्रमुख कार्यक्रम अधिकृत सुदिना श्रेष्ठ, सिद्ध वाग्ले र नेपाल सीनियर केयरकी सदस्य दुर्गा मानन्धर पनि उपस्थित थिए।

नेपाल सीनियर केयरकी प्रमुख कार्यकारी अधिकृत आरती पौडेलले भनिन्, “हाम्रो यो सहकार्य ज्येष्ठ नागरिक र क्यान्सर रोगीहरूको स्वास्थ्यमा सुधार ल्याउन केन्द्रित हुनेछ। हामी उनीहरूलाई सुलभ र गुणस्तरीय सेवा प्रदान गर्न प्रतिबद्ध छौँ।”
नेपाल क्यान्सर निवारण प्रतिष्ठानका अध्यक्ष हरी गोपाल प्रधानले भने, “क्यान्सर रोकथाम र उपचारका लागि यो सम्झौता निकै महत्वपूर्ण छ। यो सहकार्यले क्यान्सर रोगीहरूलाई आवश्यक सहयोग पुर्याउन मद्दत गर्नेछ।”

यस सम्झौताअन्तर्गत नेपाल सीनियर केयरले क्यान्सर निवारण प्रतिष्ठानका कर्मचारी, सदस्य र उनीहरूका आश्रित परिवारलाई १० देखि २० प्रतिशतसम्म छुटमा स्वास्थ्य सेवा उपलब्ध गराउनेछ। यसले डिमेन्सिया स्याहार, नर्सिङ सेवा, फिजियोथेरापी, होम केयर र पुनःस्थापना सेवाहरू समेट्नेछ।
सम्झौतालाई तीन वर्षसम्म लागू गरिनेछ भने आवश्यकता अनुसार दुवै पक्षको सहमतिमा परिमार्जन गर्न सकिने व्यवस्था गरिएको छ।कार्यक्रममा सहभागीहरूले यो सहकार्यले दीर्घकालीन प्रभाव पार्ने विश्वास व्यक्त गरे।
सुदिना श्रेष्ठ
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-01-18
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
