काठमाडौँ – पोखरामा निसान, ओमोडा एन्ड जेइको,जिकर,लिपमोटर र सिट्रोन लगायतका विभिन्न ब्रान्डका सवारी साधन बिक्री–वितरण गरिरहेको बराल ग्रुपले तीन दिने ‘पोखरा एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभल’ आयोजना गर्ने भएको । सो बृहत अटोमोबाइल प्रदर्शनी ५ देखि ७ माघसम्म पोखरा इभेन्ट सेन्टर, बुलौदी, लेकसाइडमा आयोजना हुनेछ ।
टेस्ट ड्राइभबाहेक कार्निभलले अन्य आकर्षक र लाभदायी विशेषताहरू पनि प्रदान गर्नेछ । सहभागीहरूले कार्निभल अवधिभर विशेष छुट, अफर तथा बजारमै प्रतिस्पर्धात्मक डिलको लाभ लिन सक्नेछन् । हरेक गाडीको खरिदमा निःशुल्क एसेसरिजको सुविधा र कम्प्लिमेन्टरी ‘अटो प्लस इन्सुरेन्स’ पनि समावेश रहेको छ । साथै, विद्युतीय सवारी साधन खरिद गर्नेहरूलाई घरमा नै सहज चार्जिङका लागि निःशुल्क ७ किलोवाटको वाल चार्जर प्रदान गरिनेछ ।
पोखरा एक्सचेन्ज एन्ड टेस्ट ड्राइभ कार्निभलको अवसरमा कम्पनीले नयाँ गाडी खरिद गर्न चाहने, गाडी तथा ईभी पारखीहरूलाई कार्निभलमा भव्य सहभागिताको लागि हार्दिक आमन्त्रण गरेको छ ।
सुदिना श्रेष्ठ
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-01-18
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
२०८३ जेठ २१ गते बिहिबार: आजको राशिफल
