
काठमाडौं। काठमाडौं महानगरपालिका–१६ का वडाध्यक्ष मुकुन्द रिजालको निधन भएको छ । उनको निमोनियाका कारण निधन भएको हो ।
वडाध्यक्ष रिजाललाई उपचारका लागि यही भदौ १७ गते ग्राण्डी अन्तर्राष्ट्रिय अस्पताल भर्ना गरिएको थियो । अस्पतालको सघन उपचार कक्षमा उपचार गराइरहेका उनको दुवै फोक्सोमा सिभियर निमोनिया (भाइरल निमोनिया) का कारण आज बिहान ७ः३० बजे निधन भएको अस्पतालका स्वास्थ्य निर्देशक डा विनोद विजुक्छेले जानकारी दिए ।
नेपाली कांग्रेस काठमाडौं क्षेत्र नं ७ का क्षेत्रीय सभापतिसमेत रहनुभएका वडाध्यक्ष रिजाल २०७९ सालमा सम्पन्न स्थानीय तहको निर्वाचनमा काठमाडौं महानगरपालिका–१६ मा दोस्रोपटक वडाध्यक्षमा निर्वाचित भएका थिए । वडाध्यक्ष रिजालका श्रीमती र दुई छोरा छन् । उनको आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारका एक सदस्यले जानकारी दिए ।
Sudina Shrestha
प्रकाशित: २१ भाद्र २०८०, बिहीबार ११:०८
प्रधानसेनापतिद्वारा दर्ज्यानी चिन्ह प्रदान

सवारी चालक अनुमतिपत्र प्रणालीसँग सम्बन्धित सबै सेवा बन्द

हुम्लाको कर्णाली करिडोर अवरुद्ध

जुवा खेलिरहेका ९ जना काठमाडौँबाट पक्राउ

प्राधिकरणसम्बन्धि विधेयक अगाडि बढाउन ढिलाइ नगरौं- मन्त्री पाण्डे

भारतको कर्नाटकस्थित आरक्षमा २० बाँदरको मृत्यु, छानबिनको आदेश
