
काठमाडौं । काठमाडौंको सुकेधारामा पाँचतारे मर्क्युर होटल सञ्चालनमा आएको छ। करिब तीन अर्ब रूपैयाँको लगानीमा मर्क्युर होटल माघ २ गतेदेखि सञ्चालनमा आएको हो । एबी होल्डिङमार्फत देशबन्धु बस्नेतले होटल निर्माण गरेका हुन् ।
बुधबार प्रधानमन्त्री केपी शर्मा ओलीले होटलको उद्घाटन गरेका थिए । कार्यक्रममा प्रधानमन्त्री ओलीले फ्रान्सेली पर्यटकलाई नेपाल भ्रमण गराउन यस होटलले योगदान दिने विश्वास व्यक्त गरेका थिए। उनले होटल व्यवसायमा नयाँ टेस्ट दिँदै यस व्यवसायलाई प्रोत्साहन दिने अपेक्षा गरे । यस क्षेत्रको विकास र प्रवर्धनका लागि सरकारका तर्फबाट गर्नुपर्ने सहजीकरण गर्ने बताए ।
सुकेधारामा निर्माण गरिएको ११ तले भवनमा १०४ कोठा रहेका छन् । पाँच रोपनी क्षेत्रफलमा फैलिएको यो होटलको टप फ्लोरमा स्विमिङ पुल, होटलमा नेपाली, इन्डियन, चाइनिज रेस्टुरेन्ट, तीन सय क्षमताको ब्यांक्वेट, आधुनिक जिम, स्टिम र साउना, वेलनेस सेन्टरसहितका सेवा सुविधा रहेको छ। होटलले निजी लगानीमा ७० लाख रूपैयाँभन्दा बढी खर्चिएर पक्की सडक निर्माण गरेको छ ।

यो होटल अन्तर्राष्ट्रियस्तरको मर्क्युर ब्रान्डको हो । होटल व्यवसायका क्षेत्रमा विश्वव्यापी सञ्जाल बनाएको कम्पनीको मातहतमा नेपालमा पहिलो पटक मर्क्युर होटेल सञ्चालनमा आएको हो । यो होटलको शुभारम्भसँगै पहिलो पटक फ्रान्सेली ब्रान्डसमेत आएको छ । अकोर होटलको समूहको मर्क्युरसँगै होटलले दिने सेवा सुविधा अन्तर्राष्ट्रिय स्तरको हुने भएको छ। यो होटलमा दुई सय २० जना कर्मचारी कार्यरत छन् ।
यो होटलमार्फत एसिया, युरोप, अफ्रिका एवं मध्यपूर्वका एक सय १० वटा देशमा ५४ सयभन्दा बढी होटल सञ्चालन गरिरहेको अकोर ग्रुप नेपाल भित्रिएको हो । बस्नेतले द मेट्रोपोलिटन होटल प्रालिमार्फत नेपाल भित्र्याएको अकोरले ग्रुप अन्तर्गतको मर्क्युर ब्रान्डले पनि ६० भन्दा बढी देशमा आठ सय १० वटाभन्दा बढी होटल सञ्चालन गरेको जनाएको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ४ माघ २०८१, शुक्रबार ०९:४८
कमिसन मागिएको आरोपपछि धितोपत्र बोर्डले अख्तियारलाई बुझायो ८९ आईपीओको विवरण

इरानलाई हमासको अवस्थामा पुर्याउने इजरायलको चेतावनी

राजावादीद्वारा अनिश्चितकालीन जनआन्दोलनको घोषणा

जिल्ला अस्पताल धनकुटामा डायलाइसिस सेवा सुरु

नेप्सेमा उच्च अंककाे वृद्धि, कारोबार रकम साढे १० अर्बमाथि

७२ औं मिस वर्ल्डमा सहभागी हुन मिस नेपाल सृच्छा प्रधान भारततर्फ प्रस्थान
