
काठमाडौं । एक चिनियाँ नागरिक अपहरण गरेको आरोपमा ३ जना भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई मकवानपुरको भिमफेदीबाट पक्राउ गरेको हो ।
काठमाडौंको ठमेलबाट भारतीय नम्बर प्लेटको गाडीमा चिनियाँलाई राखेर लगेको खबर पाएपछि पछ्याएर आरोपीहरूलाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी सानुराम भट्टराईले जानकारी दिएका छन् ।
मंगलबार अपहरणको सूचना पाएपछि अपराध अनुसन्धान कार्यालयको टोली पीडितको उद्धारमा खटिएको थियो । अपहरणमा परेका चिनियाँ नागरिकको भीमफेदीबाटै उद्धार गरिएको कार्यालयले जानकारी दिएको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २ माघ २०८१, बुधबार ०९:१३
कर्णाली विकास बैंकको रमक हिनामिना आरोपमा संस्थापक अध्यक्ष राय पक्राउ

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

थाइल्याण्डकी ओपललाई मिस वर्ल्ड २०२५ को उपाधि

पीएसजीलाई पहिलो पटक च्याम्पियन्स लिगको उपाधि

‘धुम्रपानरहित दिवश’को अवसरमा एनसीएनपी र केसीसीको संयुक्त आयोजनामा प्रभातफेरी (फोटो फिचरसहित)

मधु क्षेत्रीद्वारा निःशुल्क विद्यालय पोशाक वितरण
