काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकसामु विद्यमान समस्यालाई मध्यनजर गर्दै राष्ट्रिय हितको मूल उद्देश्य पूरा गर्न सबै एकजुट भएर अघि बढ्नुपर्ने बताएका छन् ।
माघी पर्वको अवसरमा राष्ट्रपति भवन शीतल निवासमा आयोजित चियापान कार्यक्रमलाई सम्बोधन गर्दै उनले देशमा सुशासन, विकास र शान्ति नै नेपाल र नेपालीको अभिष्ट भएको बताए ।
विभिन्न जातजातिले उत्सवका रुपमा मनाउने यसप्रकारका पर्वले नेपालीबीच आपसी प्रेम, भ्रातृत्व तथा मेलमिलापको भावना अभिवृद्धि गर्दै सबैलाई एकताको सुत्रमा बाँध्न र राष्ट्रिय एकतालाई सुदृढ गराउन योगदान दिने विश्वास गरे । राष्ट्रपति पौडेलले सबैलाई आआफ्नो क्षेत्रबाट निस्वार्थ ढंगले अघि बढ्न प्रेरणा मिल्ने भन्दै सम्पूर्णमा माघी पर्वको शुभकामना व्यक्त गरेका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-01-14
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
