
काठमाण्डौ । सुँगुर, बङ्गुर तथा बँदेल प्रजातीमा लाग्ने ‘अफ्रिकन स्वाइन फिभर’ का कारण कैलालीको घोडाघोडीमा ३८ वटा बङ्गुर मरेका छन् । घोडाघोडी–९ का किसान प्रदेशु चौधरीले पालेका बङ्गुर मरेका हुन् ।
घोडाघोडी नगरपालिकाको पशु स्वास्थ्य प्राविधिक मनोज आचार्यले बङ्गुर मर्न थालेपछि गरिएको परीक्षणमा ‘अफ्रिकन स्वाइन फिभर’ पुष्टि भएको जानकारी दिए । उनका अनुसार गएको पुस १८ गते पशुपन्छी रोग अन्वेषण प्रयोगशाला धनगढीमा परीक्षण गर्दा रोग पुष्टि भएको हो ।
केन्द्रीय पशुपन्छी रोग अन्वेषण प्रयोगशाला त्रिपुरेश्वर, काठमाण्डौले पनि पिसिआर परीक्षणपछि अफ्रिकन स्वाइन फिभर पुष्टि गरेको आचार्यले जानकारी दिए । सुदूरपश्चिमका कैलाली, कञ्चनपुरलगायत जिल्ला अफ्रिकन स्वाइन फिभरको उच्च जोखिममा छन् ।
यसवर्ष अफ्रिकन स्वाइन फिभर सुदूरपश्चिम, गण्डकी र बागमतीमा देखिएको पशु सेवा विभागले जनाएको छ । यो रोग पशुबाट मानिसमा नसर्ने तर सुङ्गुर, बङ्गुर तथा बँदेल प्रजातीमा छिटो फैलिने सरुवा रोग हो ।
Sudina Shrestha
प्रकाशित: २८ पुष २०८१, आईतवार ०८:५०
बजेट लोकतन्त्र र गणतन्त्रको मर्म अनुसार छ- अर्थमन्त्री पौडेल

नेप्सेमा ३४ अंकको वृद्धि, ९ अर्बको कारोबार

कुलिङ पिरियड हेरफेरको छानबिन संसदीय समितिबाट गर्न सभामुखलाई सिफारिश गर्ने निर्णय

पर्यटन मन्त्रालय नीतिगत र संरचनागत सुधारमा केन्द्रित छ- मन्त्री पाण्डे

हैजा निवारण योजना २०८२-२०८७ सम्बन्धी सरोकारवालाहरुसँगको छलफल सम्पन्न

पर्साबाट स्रोत नखुलेको नगद २८ लाख २७ हजारसहित तीन जना पक्राउ