काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने कास्की प्रहरीको हिरासतबाट ८४ दिनपछि रिहा भएका छन् । अदालतले ६५ लाख धरौटीमा रिहा गर्न आदेश दिएपछि बैंक ग्यारेन्टीमार्फत धरौटी रकम बुझाएर लामिछाने हिरासत मुक्त भएका हुन् ।
लामिछानेलाई अरु जिल्ला अदालतमा दर्ता भएको मुद्दा प्रक्रियाको लागि स्वयं उपस्थित हुने शर्तमा रिहा गरिएको छ । जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईले हिजो बेलुकी रविसहित सातै जनालाई धरौटीमा रिहा गर्न आदेश दिएका थिए ।
रिहा भएपछि लामिछानेले न्यायालयप्रति आफ्नो सम्मान रहेको प्रतिक्रिया दिएका छन् । गएराति फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षणपछि बाहिरिने क्रममा प्रतिक्रिया दिँदै उनले न्यायालयप्रति सम्मान गर्ने बताए ।
रास्वपाका नेता दीपक बोहराको फेसबुक लाइभमा देखिएका उनले बोल्ने समय आएपछि नबोल भने पनि बोल्ने प्रतिक्रिया दिए । उनले लडाइँ अझैँ बाँकी रहेको र न्यायालयप्रति आफू विशेष आभारी रहेको प्रतिक्रिया दिए । लामिछानेसँगै छविलाल जोशी, रामबहादुर खनाल, कृष्णबहादुर गुरूङ, मीना गुरुङ र आरती गुरूङ पनि धरौटी रकम बुझाएर रिहा भएका छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-01-10
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
