- सुदिना श्रेष्ठ
काठमाडौं । ललितपुर महानगरपालिकाले सवारी साधनको चाप व्यवस्थापन गर्न र यातायात व्यवस्थामा सुधार ल्याउन इन्टेलिजेन्ट ट्राफिक लाइट सिस्टम (आइटीएलएस) लागू गरेको छ । यो प्रणालीले ट्राफिक चापअनुसार स्वचालित ट्राफिक लाइटहरू सञ्चालन गर्ने महानगरले जनाएको छ ।

इन्टेलिजेन्ट ट्राफिक लाइट सिस्टम प्रणालीको विशेषता भनेको ट्राफिक चाप र सवारी साधनहरूको गति मापन गरी हरियो, रातो र पहेँलो बत्तीको अवधि निर्धारण गर्ने हो ।
महानगरका अनुसार कम्पोजिट सिग्नल कन्ट्रोल स्ट्राटेजी नामक आधुनिक प्रविधिको प्रयोग गरिएको यो प्रणालीले १७ वटा जंक्सनहरूमा ट्राफिक व्यवस्थापनलाई थप प्रभावकारी बनाउने भएको छ । त्यसका लागि ५ वटा प्रमुख जक्सनहरूमा पूर्णरूपमा नयाँ ट्राफिक बत्तीहरू जडान गरिएका छन् ।

महानगरका अनुसार ट्राफिक लाइटको नयाँ स्तम्भ जडान र सडक चिन्ह तथा लेन मार्किङ कार्य सम्पन्न भइसकेको छ । ५० भन्दा बढी ट्राफिक प्रहरीलाई नयाँ प्रणाली सञ्चालनका लागि तालिम प्रदान गरिने बताइएको छ ।
यो परियोजनाको कुल लागत ११ करोड रुपैयाँ रहेको छ, जसमा ट्राफिक व्यवस्थापन प्रणालीको स्थापना, सञ्चालन, र मर्मतसम्भार समावेश छन् ।
नयाँ प्रणालीबाट ट्राफिक जाम न्यूनिकरण हुने र सडक सुरक्षामा सुधार आउने अपेक्षा गरिएको छ । यस प्रणालीले काठमाडौं उपत्यकामा आधुनिक र प्रभावकारी ट्राफिक व्यवस्थापनको उदाहरण प्रस्तुत गर्ने लक्ष्य राखेको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-01-09
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
