काठमाडौं । राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११/१२ ) ले कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षाको समय तालिका विशेष कारणले परिवर्तन भएको जनाएको छ ।
कार्यालयले आज एक सूचना जारी गरी राष्ट्रिय परीक्षा बोर्डले आउँदो असोज ६ गते शनिबार र ७ गते आइतबार सञ्चालन हुने भनिएको कक्षा १२ को ग्रेडवृद्धि (पुरक) परीक्षा असोज ९ गते मङगलबार र १० गते बुधबार हुने जनाएको हो ।
परीक्षा बिहान ११ बजेदेखि २ बजेसम्म सञ्चालन हुने उक्त सूचनामा जनाएको छ । विसं २०८० को कक्षा १२ को ग्रेडवृद्धि परीक्षामा सहभागी हुनका लागि यही भदौ २२ गतेभित्र बोर्डको खातामा परीक्षा शुल्क बापतप्रति विद्यार्थी रु ६०० का दरले हुन आउने रकम बुझाइसक्नुपर्ने जनाइएको छ ।
यसैगरी उक्त अवधिभित्र रकम जम्मा गर्न छुट भएका विद्यार्थीका लागि यही भदौ २९ गते विलम्ब शुल्क सहितको रकमप्रति विद्यार्थी रु एक हजार दुई सय बुझाइ सम्बन्धित विद्यालयमार्फत भदौ ३१ गते कार्यालय समयभित्र बोर्डका सम्बन्धित कार्यालयमा रकम जम्मा गरेको भौचरसहित आवेदन फाराम बुझाइसक्नुपर्ने समेत उक्त सूचनामा उल्लेख गरिएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2023-09-06
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
