
काठमाडौं । प्रशासन सेवातर्फका १८ जना सहसचिवमा र ५७ जना उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । बढुवा समितिको सचिवालयले
बढुवा सिफारिस भएकाहरुको नामावली सार्वजनिक भएको हो ।
सचिवालयले सार्वजनिक गरेको सिफारिस सूची अनुसार सहसचिवमा प्रेम प्रसाद लुइटेल पहिलो नम्बरमा बढुवा सिफारिस भएका छन् । त्यसपछि क्रमशः रामदत्त पाण्डेय, लक्ष्मण ढकाल, बिनिता भट्टराई, दिल कुमार तामाङ, लक्ष्मी पाण्डेय (गौतम), मनिता श्रेष्ठ, लोक बहादुर सुनार र जगदिश्वर उपाध्याय सिफारिसमा परेका छन् ।
यसैगरी नारद गौतम, निर्मल ढकाल, वीरेन्द्र कुमार मिश्र, राजेन्द्र कुमार हमाल, इन्द्र प्रसाद बस्याल, शिव प्रसाद चौधरी, दिव्यराज पोखरेल, पूर्णमान श्रेष्ठ र कृष्णबहादुर शाहीको नाम बढुवाको सिफारिस सूचीमा छ । यसैगरी प्रशासन सेवाका ३९, लेखाका ११ र राजश्वका ७ गरी जम्मा ५७ जना अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।
अब यो बढुवा सिफारिसमा चित्त नबुझाकाहरुले सूचना प्रकाशित भएको आजको मितिदेखि ३५ दिनभित्र लोक सेवा आयोगको कार्यालयमा उजुरी दिन सक्ने छन् । त्यसरी परेको उजुरीमा उजुरी गर्ने म्याद नाघेको मितिले ६० दिनभित्र टुंगो लगाइसक्नु पर्ने निजामती सेवा ऐन २०४९ को दफा २४ ९च०मा उल्लेख छ ।


रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १९ पुष २०८१, शुक्रबार १०:४७
पौडी खेल्ने क्रममा डुबेर एकको मृत्यु

पीएम कप एनभिए महिला तथा पुरुष भलिबल लिग जेठमा हुने

राष्ट्रपति पौडेल र अध्यक्ष दाहालबीच भेटवार्ता

पानी पर्न थालेसगैं बढ्न थाल्यो डेङ्गी सङ्क्रमण

Nature safari in CNP thrills visitors with close encounters of rhinos and tigers

कमिसन मागिएको आरोपपछि धितोपत्र बोर्डले अख्तियारलाई बुझायो ८९ आईपीओको विवरण
