काठमाण्डौ । ग्लोबल आईएमई बैङ्क लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा विभिन्न कार्यक्रमहरु आयोजना गरी मनाएको छ । २०६३ साल पौष १८ गते स्थापना भएको ग्लोबल आईएमई बैङ्क हिजोदेखि १९ औँ वर्षमा प्रवेश गरेको छ । बैङ्कले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा सप्ताहव्यापी विभिन्न कार्यक्रमहरु सञ्चालन गरिरहेको छ ।
वार्षिकोत्सवका अवसरमा काठमाण्डौमा हिजो भएको विशेष कार्यक्रमलाई सम्बोधन गर्दै ग्लोबल आईएमई बैङ्क तथा नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले ग्लोबल आईएमई बैङ्कले मर्जर र व्यवसाय विस्तारसँगै बैङ्कको गुणस्तर वृद्धिलाई ध्यानमा राख्दै ग्राहकको सेवा र सन्तुष्टिलाई प्राथमिकतामा राखेर बैङ्कको सेवालाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउने बताए । बैङ्कले आफ्नो स्थापनाको १८ वर्षमा आफूलाई अधिकांश वित्तीय सूचकहरुमा अब्बल बनाउन सफल रहेको उनको भनाइ छ ।
यसैगरी, बैङ्कका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैङ्कले आफ्नो सेवालाई नविनतम तथा ग्राहकमैत्री बनाउँदै अहिलेको डिजिटल युगमा समयसापेक्ष सेवा दिनेगरी लक्ष्य निर्धारण गरेर अगाडि बढेको बताए । उनले बैङ्कले आगामि वर्षहरुमा ग्राहकको सेवा र सन्तुष्टिलाई ध्यानमा राख्दै अझ गुणस्तरीय बैङ्किङ्ग सेवा प्रदान गर्ने प्रतिबद्धता व्यक्त गरे । बैंङ्कले आफ्नो १८औँ वार्षिकोत्सवका अवसरमा बैङ्कमा १५ वर्ष सेवा गरेका एक सय ६६ कर्मचारीहरुलाई सम्मान पनि गरेको थियो ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-01-03
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
२०८३ साउन ५ गते मंगलबार: आजको राशिफल
लोक सेवा आयोगको पदपूर्ति रोक्ने निर्णयबारे सरकारले के दियो स्पष्टीकरण ?
काठमाडौँ महानगरको आर्थिक ऐन कार्यान्वयनमा: सबै प्रकारका व्यवसायलाई १२ विधामा वर्गीकरण
