काठमाडौँ । काठमाडौँ महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले परम्परागत र मौलिक खानाका उत्पादकहरूलाई व्यावसायिकता, गुणस्तर र स्वच्छता सम्बन्धी तालिम प्रदान गर्न कृषि तथा पशुपन्छी विभागलाई निर्देशन दिएकी छन् ।

आज महानगरपालिकाका खाद्य स्वच्छता तथा गुणस्तर कार्यक्रमका विज्ञ सल्लाहकार जीवनप्रभा लामा, कार्यक्रमका सल्लाहकार सन्तोष गिरी र विभागका प्रमुख नुरनिधि न्यौपानेसँग अनुगमन प्रणाली अद्यावधिक गर्ने, आधारभूत खाद्य जाँचका लागि महानगरपालिका आफैँले प्रयोगशाला निर्माण गर्ने, खाद्य सुरक्षाका लागि दिइने तालिमको प्रक्रिया र पाठ्यक्रम तर्जुमा गर्नेलगायत विषयमा कुरा गर्दै उनले मौलिक खानाको व्यावसायिक प्रवर्धनका लागि तालिम दिनुपर्ने बताएकी हुन् । उनले भनिन्जास् जात्रा, पर्व, संस्कार, संस्कृति तथा मौसम र कामअनुसार खानाका प्रकृति फरक फरक छन् । समयवजी, यमरी, ग्वारमरी, लखामरी, चटामरी, जेरीस्वारी जस्ता कलात्मक र पौष्टिक खाना बनाउने सिप भएका महिलाहरुलाई व्यावसायिक ज्ञान दिन सकियो भने हातमा भएको खाना बनाउने सिप आयआर्जन गर्ने पेशा बन्न सक्छ ।

छलफलमा विज्ञ सल्लाहकार लामा र सल्लाहकार गिरीले, स्वचालित प्रणालीबाट गुणस्तर नियमन र व्यावसायिक प्रवर्धनमा नतिजा हासिल गर्न सकिने धारणा राखे।
सुदिना श्रेष्ठ
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2025-01-01
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
