
काठमाडौँ। हिमालयन बैंकले सिभिल बैंकलाई प्राप्ति गरे पश्चात् नजिक भएका शाखा सञ्जालहरू मध्ये नयाँ बानेश्वर शाखालाई स्थानान्तरण गरेको छ।उक्त शाखा स्थानान्तरणपछि आजबाट कोटेश्वर शाखा नामबाट सम्पूर्ण बैंकिक सेवा प्रदान गरी सञ्चालनमा ल्याएको छ।

शाखाको शुभारम्भ बैंकका नायव प्रमुख कार्यकारी अधिकृत अनुप मास्केले अन्य उच्चपदस्थ कर्मचारीहरु तथा अतिथिहरूको उपस्थितिमा गरिएको हो।
हाल बैंकले नेपाल भरी फैलिएका १७४ शाखा कार्यालयहरु, २० विस्तारित काउन्टर, २८२ एटिएम, र १५,००० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई विभिन्न बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १५ पुष २०८१, सोमबार १६:११
पौडी खेल्ने क्रममा डुबेर एकको मृत्यु

पीएम कप एनभिए महिला तथा पुरुष भलिबल लिग जेठमा हुने

राष्ट्रपति पौडेल र अध्यक्ष दाहालबीच भेटवार्ता

पानी पर्न थालेसगैं बढ्न थाल्यो डेङ्गी सङ्क्रमण

Nature safari in CNP thrills visitors with close encounters of rhinos and tigers

कमिसन मागिएको आरोपपछि धितोपत्र बोर्डले अख्तियारलाई बुझायो ८९ आईपीओको विवरण
