काठमाडौं । रौतहटको राजदेवी नगरपालिका– ५ स्थित पासवानमा आगलागी हुँदा ८ वटा घर जलेर नष्ट भएका छन् ।
गएराति सवा २ बजेतिर स्थानीय जगतनाथ पासवानको घर नजिकै बालिएको घुरबाट आगो सल्किँदा जगतनाथसँगै बाबुलाल हजरा, रामनाथ पासवान, राम सोगारथ पासवान, दीपेन्द्र पासवान, विजय पासवान, कान्ति देवी पासवान र प्रदीप पासवानको घर पूर्ण रूपमा जलेर नष्ट भएको हो ।
आगलागीबाट ८ लाख रुपैयाँभन्दा बढीको क्षति भएको प्रारम्भिक अनुमान गरिएको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी दीपक कुमार रायले जानकारी दिए ।आगलागीबाट मानवीय क्षति भने भएको छैन ।प्रहरी, गौर नगरपालिकाको दमकल र स्थानीयवासीहरुको सहयोगमा आज बिहान साढे ३ बजे आगो पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरीले जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-12-30
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
