
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सभापति रवि लामिछानेलाई सांसद पदबाट निलम्बन नगर्न सभामुखलाई ध्यानाकर्षण गरेको छ । सोमबार सिंहदरवारमा भेटेर रास्वपाका सांसदहरू सन्तोष परियार, सोबिता गौतम र गणेश पराजुलीले सभामुख देवराज घिमिरेलाई निलम्बन नगर्न ध्यानाकर्षण गरेका हुन् ।
सांसद सोबिता गौतमका अनुसार जवाफमा सभामुख घिमिरेले यसबारे आफूहरु छलफलमा रहेको भन्दै संविधान, कानुन र संसद नियमावली हेरेर निर्णय गर्ने बताएका थिए ।
सहकारी ठगी प्रकरणसहित विभिन्न तीन अभियोग लगाएर आइतबार रविविरुद्ध मुद्दा दायर भएपछि कास्की प्रहरीले यससम्बन्धी जानकारी संसद् सचिवालयलाई गराइसकेको छ ।
Sudina Shrestha
प्रकाशित: ८ पुष २०८१, सोमबार १६:४७
सवारी चालक अनुमतिपत्र प्रणालीसँग सम्बन्धित सबै सेवा बन्द

हुम्लाको कर्णाली करिडोर अवरुद्ध

जुवा खेलिरहेका ९ जना काठमाडौँबाट पक्राउ

प्राधिकरणसम्बन्धि विधेयक अगाडि बढाउन ढिलाइ नगरौं- मन्त्री पाण्डे

भारतको कर्नाटकस्थित आरक्षमा २० बाँदरको मृत्यु, छानबिनको आदेश

गभर्नर पौडेलसँग चिनियाँ राजदूत सोङको शिष्टाचार भेट
