काठमाडौं । उद्योगहरूमा दैनिक ८ घण्टा लोडसेडिङ हुन् थालेको छ । नेपाल विद्युत् प्राधिकरणले माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन पूर्ण रूपमा बन्द भएको तथा पिक आवरमा भारतबाट विद्युत् आयात गर्न नसकिएको कारण उद्योगहरूमा लोडसेडिङ सुरु गरेको हो ।
अघिल्ला वर्षहरूमा पुसपछि मात्रै उद्योगहरूमा विद्युत् कटौती हुने गरे पनि यसपटक भने मंसिरको मध्यदेखि नै विद्युत् कटौती सुरु भएको हो । बाढीले क्षति पु¥याएको पिकिङ रन अफ द रिभर आयोजना मर्मतका लागि अहिले पूर्ण रूपमा बन्द भएको तथा भारतले पिक आवरमा नेपालमा विद्युत् निर्यात गर्न समस्या खडा गरेपछि औद्योगिक क्षेत्रमा केही घण्टा विद्युत् कटौती गर्नुपर्ने अवस्था आएको प्राधिकरणका प्रवक्ता चन्दन घोषले बताएका छन् ।
यस्तो अवस्थामा ब्याकबोनका रूपमा रहेको तामाकोसी परियोजनाको उत्पादन बन्द हुँदा आपूर्तिमा समस्या भएको प्रवक्ता घोषले स्वीकार गरेका छन् । त्यसका अतिरिक्त प्रसारण लाइनमा भएको अवरोधले पनि कुनैकुनै दिन विद्युत कटौतीको समय बढ्ने गरेको उनले बताएका छन् ।
‘नेपालमा अधिकांश परियोजनाहरू बहावमा आधारित (रन अफ द रिभर) भएकाले हिउँदमा उत्पादन १० देखि ३० प्रतिशतसम्म झर्छ, यस्तो अवस्थामा बर्खा याममा विद्युत् बढी भए पनि हिउँदमा भने माग धान्न सक्दैन,’ उनले भनेका छन् ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ५ पुष २०८१, शुक्रबार १०:२८
रवि लामिछानेविरुद्ध मुद्धा दर्ता, सांसद पद निलम्बन
पीडारहित प्रसुतिका लागि के गर्ने ?
मुग्लिङ-नौबिसे सडकखण्ड आजदेखि दैनिक ३ घण्टा बन्द
पहिलो संस्करणको एनपीएल सम्पन्न: कुन खेलाडीले कुन अवार्ड जिते ?
जनकपुर बोल्ट्सले जित्यो एनपीएल उपाधि
विश्वलाई शान्तिमय बनाउन योग र ध्यानलाई जीवन पद्धतिका रुपमा अपनाउनुपर्छ : प्रधानमन्त्री ओली