
काठमाडौं (एजेन्सी) । रुसले क्यान्सरविरुद्धको खोप निर्माण गरेको छ । रुसी स्वास्थ्य मन्त्रालयअन्तर्गतको रेडियोलोजी मेडिकल रिसर्च सेन्टरका निर्देशक आन्द्रेई काप्रिनले क्यान्सरको खोप बनाउन सफल भएको पुष्टि गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।
यद्यपी भ्याक्सिनको नाम भने राखिएको छैन । रुसले उक्त खोजलाई शताब्दीकै ठूलो भएको दाबी गरेको छ । रुसी सञ्चारमाध्यमहरुका अनुसार सरकारले उक्त खोप सन् २०२५ को सुरुमा सार्वजनिक गर्ने तथा नागरिकलाई निःशुल्क वितरण गर्ने तयारी गरेको छ । निर्देशक आन्द्रेईले रुसले क्यान्सरविरुद्धको आफ्नै ‘एमआरएनए’ खोप विकास गरेको पुष्टि समेत गरे ।
खोपको क्लिनिकल परीक्षण गरिएको र त्यसमा उक्त भ्याक्सिनले ट्युमर वृद्धि हुनबाट रोक्न मद्दत गरेको देखाएको जनाइएको छ । सन् २०२४ को सुरुमै रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले क्यान्सरको खोप निर्माणको नजिक पुगेको बताएका थिए । यो खोप विगतका खोपभन्दा छिटो एन्टिबडी बनाउन सक्षम रहेको दाबी गरिएको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: ४ पुष २०८१, बिहीबार ०८:४३
पौडी खेल्ने क्रममा डुबेर एकको मृत्यु

पीएम कप एनभिए महिला तथा पुरुष भलिबल लिग जेठमा हुने

राष्ट्रपति पौडेल र अध्यक्ष दाहालबीच भेटवार्ता

पानी पर्न थालेसगैं बढ्न थाल्यो डेङ्गी सङ्क्रमण

Nature safari in CNP thrills visitors with close encounters of rhinos and tigers

कमिसन मागिएको आरोपपछि धितोपत्र बोर्डले अख्तियारलाई बुझायो ८९ आईपीओको विवरण
