
काठमाण्डौ । कैलालीमा सशस्त्र प्रहरीले एक करोड रुपैयाँ भन्दा धेरैको सुन, चाँदी र नगदसहित तीन जनालाई पक्राउ गरेको छ । भजनी नगरपालिका वडा नम्बर–५ मा रहेको कौवाखेडा सीमा ईलाकाबाट उनीहरुलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा सुर्खेतको चौकुनी गाउँपालिका वडा नम्बर–१० का महेन्द्रबहादुर शाही, वीरेन्द्रनगर नगरपालिका वडा नम्बर–१ का हर्कबहादुर बिक र पञ्चपुरी नगरपालिका वडा नम्बर–११ का महेश सुनार रहेको सशस्त्र प्रहरी बलका सह–प्रवक्ता डीएसपी शैलेन्द्र थापाले बताएका छन् ।
भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरूको जाँच गर्दा ८० लाख ७९ हजार ५ सय ६१ रुपैयाँ बराबरको ६ सय २० ग्राम सुन, १५ लाख २८ हजार ४ सय ६० रुपैयाँ बराबरको आठ किलो ९ सय १४ ग्राम चाँदी, विभिन्न दरका ६ लाख ११ हजार ६ सय २५ भारतीय रुपैयाँ, साउदी रियाल, विभिन्न किसिमका चार थान मोबाइल सेट र चाँदीका लेपलगाएका भाँडाकुँडा पनि बरामद गरेको सशस्त्र प्रहरीले जनाएको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २३ मंसिर २०८१, आईतवार ०८:४६
अमेरिकामा एकै परिवारका चार नेपाली मृत भेटिए

‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ नबिल बैंकलाई

भारतबाट फर्केका सुदूरपश्चिमका पाँचजनामा कोरोना संक्रमण

Armyworm outbreak damages maize crops in Ramechhap

अमेरिकाद्वारा नेपालीलाई दिंदै आएको टीपीएस अनुमति खारेज, दुई महिनाभित्र स्वदेश फर्कनुपर्ने

राजतन्त्र कहिल्यै आउँदैन: सभापति देउवा
