काठमाडौं । रोटरी क्लब अफ बागमती काठमाडौंले दृष्टि बिहीनहरुको संस्था उज्ज्वल नक्षत्र समाजलाई करिब ८० हजार बराबरको १०० थान सेतो छडी वितरण तथा हस्तान्तरण गरेको छ ।
्यस वर्षको विश्व अपाङ्गता दिवस, ३ डिसेम्बर २०२४ का दिन काठमाडौंको थापाथली स्थीत व ७ व ज्भबतिज ब्अबमझथ मा आयोजना गरिएको समारोहमा क्लबका अध्यक्ष रोटरीयण माणिक रत्न शाक्यले उक्त छडी समाजका अध्यक्ष बासूदेब अधिकारीलाई हस्तान्तरण गरेको हो ।

सो अवसरमा अध्यक्ष शाक्यले रोटरी तथा रोटरीको उद्देश्यको जानकारीको साथै छडी हस्तान्तरणको यो कार्यक्रम कसरी सम्पन्न हून सक्योे भन्ने बारेमा पनि जानकारी दिएका थिए । साथै उनले समारोहमा उपस्थित भएका दृष्टि बिहीनहरुलाई पनि सेतो छडी वितरण गरेका थिए ।
हस्तान्तरित सेतो छडी ग्रहण गर्दै समाजका अध्यक्ष अधिकारीले धन्यबाद दिनूका साथै यस सहयोगले विभिन्न जिल्लाबाट भइरहेको सेतो छडीको मागलाई सम्बोधन गर्न यस समाजलाई सहज हूने बताए । उक्त समरोहमा रोटरी क्लब अफ बागमती काठमाडौं तथा उज्ज्वल नक्षत्र समाजका विभिन्न पदाधिकारीको उपस्थिति थियो ।

रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-12-04
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
प्रेमिका गौरी स्प्रैटसँग विवाह गर्दै आमिर खान
एशियन गेम्समा छनौट भए चार देश, नेपालले आज मलेसियाविरुद्ध खेल्दै
जातीय विभेद सामाजिक, नैतिक तथा मानवीय गरिमा विरुद्धको अपराध हो- राष्ट्रपति पौडेल
