
काठमाडौं । नेकपा एमालेले काठमाडौं महानगरपालिकाको जरिवाना पत्र भौतिकरूपमा बुझ्न अस्वीकार गरेपछि हुलाक र इमेलमार्फत पठाएको छ ।
आइतबार जरिवाना पत्र लिएर एमाले केन्द्रीय कार्यालय च्यासल पुगेको महानगरको टोलीलाई दरबारमार्गमा भएको एमाले जागरण सभाको आयोजक एमाले केन्द्रीय कार्यालय नभएको भन्दै पत्र बुझ्न अस्वीकार गरेको थियो । भौतिक रूपमा पत्र नबुझेपछि महानगरले सोमबार इमेल र हुलाकमार्फत पत्र पठाएको हो ।
महानगरले पत्र पठाउँदा लागेको टिकटमा लागेको खर्च समेत एमालेलाई पठाएको छ । महानगरका अनुसार अर्जेन्ट (एक्सप्रेस) पत्र पठाउँदा ७० रुपैयाँको टिकट लागेको छ । जुन रकमको विल पनि महानगरले एमालेलाई नै पठाएको छ ।
‘सोमबार बिहान हामीले हुलाक र इमेलमार्फत एमालेलाई पत्र पठाएका छौँ’, काठमाडौँ महानगर प्रहरी बलका प्रमुख एसएसपी राजुनाथ पाण्डेले भने ।
एमालेले शुक्रवार काठमाडौँको दरबारमार्गमा जागरण सभा आयोजना गर्दा फोहोर गरेको भन्दै एक लाख जरिवाना तिर्नुपर्ने भन्दै पत्र काटेको थियो । तर, एमालेले भने काठमाडौं महानगरका मेयर बालेन शाहले एमालेविरुद्ध ‘राजनीतिक स्टन्ट’ गरेको आरोप लगाएको छ ।
कार्यक्रम सकेलगत्तै त्यसस्थानको फोहोर पार्टीका स्वयंसेवकहरूले जम्मा पारेर महानगरलाई ट्रक पठाउन आग्रह गरेको तर महानगरले ट्रक पठाउनुको साटो जरिवानाको पत्र सार्वजनिक गरेको भन्दै मेयर बालेन साहप्रति एमालेले आक्रोश पोखेको छ । तर, महानगरले भने जरिवाना जसरी पनि उठाउने बताएको छ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: १० मंसिर २०८१, सोमबार १४:०२
फोनिजको केन्द्रीय अध्यक्षमा लक्की चौधरी निर्वाचित

ट्याक्टर दुर्घटना हुँदा वडा सदस्यसहित दुई जनाको मृत्यु

बैङ्कहरूको नाफा बढ्यो, कुन बैङ्कको नाफा कित ?

यु-१९ विश्वकप एशिया छनोट आजदेखि, युएईविरूद्ध खेल्दै नेपाल

वीरगञ्जमा दुई समुदायबीच झडप: घाइतेहरुको नारायणी अस्पतालमा उपचार हुँदै

नेपाल र चीनबिच सूचना प्रविधिको क्षेत्रमा सहकार्य बढाउन जोड
