
काठमाण्डौ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआईए) आजदेखि झण्डै पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ । नेपाल नागरिक उडड्यन प्राधिकरण (क्यान) का अनुसार विमानस्थलको स्तरोन्नतिका लागि आजदेखि दैनिक १० घण्टा उडान बन्द गरेर काम गर्न लागिएको हो ।
प्राधिकरण अन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सी वे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ र विमानस्थलको पूर्वतर्फको ‘ह्याङ्गर एप्रोन’लगायतको विस्तार गर्नेछ ।
यी काम पूरा गर्न १५ अर्ब रुपैयाँ खर्च हुने आयोजनाले जनाएको छ । स्तरोन्नतिका क्रममा राति १० बजेदेखि बिहान आठ बजेसम्मका सबै उडान कटौती हुनेछन् । अहिले विमानस्थल बिहान छ बजे खुलेर राति दुई बजेसम्म सञ्चालन हुँदै आएको छ ।
आयोजना प्रमुख दीपेन्द्र श्रेष्ठले उडान सुरक्षामा कुनै खतरा नहोस् भनेर उडान बन्द गरिएको बताए । नेपालमा अहिले तीन वटा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन् । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसँगै भैरहवाको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा छन् । त्रिभुवन विमानस्थलमा आन्तरिकमा दुईतर्फी दैनिक तीन सयभन्दा धेरै र अन्तर्राष्ट्रियतर्फ एक सय हाराहारीमा उडान हुने गरेका छन् ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २३ कार्तिक २०८१, शुक्रबार ०९:२९
अमेरिकामा एकै परिवारका चार नेपाली मृत भेटिए

‘द बैंकर्स टेक्नोलोजी अवार्ड २०२५’ नबिल बैंकलाई

भारतबाट फर्केका सुदूरपश्चिमका पाँचजनामा कोरोना संक्रमण

Armyworm outbreak damages maize crops in Ramechhap

अमेरिकाद्वारा नेपालीलाई दिंदै आएको टीपीएस अनुमति खारेज, दुई महिनाभित्र स्वदेश फर्कनुपर्ने

राजतन्त्र कहिल्यै आउँदैन: सभापति देउवा
