
काठमाण्डौ । छठ पर्वमा धाप ड्यामको पानी बाग्मती नदीमा छाड्ने भएको छ । छठ पर्वमा बाग्मती नदीमा पानीको सतह बढाउन र बर्तालुलाई स्नानका लागि सहज होस् भन्ने उद्देश्यले ड्यामको पानी नदीमा छाड्ने तयारी गरेको हो ।
एकीकृत बाग्मती सभ्यता विकास समितिअन्तर्गत बाग्मती सुधार आयोजनाका उप–निर्देशक तथा सूचना अधिकृत उद्धव नेपालले आज बेलुकादेखि पानी नदीमा छाड्ने तयारी भइरहेको जानकारी दिए । समितिले छठ पर्वको दुई दिनसम्म वाग्मती नदीमा प्रतिसेकेन्ड चार सय लिटर पानी छाड्ने तयारी गरिरहेको जनाएको छ ।
तिहार सकिएलगत्तै काठमाण्डौ उपत्यकाका गौरीघाट, थापाथली, कमलपोखरीलगायतका ठाउँमा छठका लागि तयारी शुरू भएको छ । चार दिनसम्म मनाइने छठ पर्व अन्तर्गतको छठ पूजाका लागि काठमाण्डौका गौरीघाटलगायतका नदी किनारहरु सिङ्गारिएका छन् ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २१ कार्तिक २०८१, बुधबार ११:०२
युवाहरुका लागि उद्यमशीलता र रोजगारी सृजनामा सरकारको उच्च प्राथमिकता रहनेछ : प्रधानमन्त्री

The Hidden Risks of Sanitary Pads: A Growing Concern for Women’s Health in Nepal

आज सुन-चाँदीको मूल्यमा सामान्य वृद्धि

सामान्य विवादमा खुकुरी प्रहार

रमण कन्स्ट्रक्सनका सञ्चालक पवन महतो पक्राउ

निलम्बनमा परे काठमाण्डौ नगर प्रहरी प्रमुख राजु पाण्डे
