काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल बिहीबारदेखि दैनिक १० घण्टा बन्द हुने भएको छ । धावनमार्ग विस्तार, ट्याक्सी–वे, पार्किङ–वे लगायतका काम गर्नुपर्ने भएकाले विमानस्थल पाँच महिनासम्म रातको समयमा दैनिक १० घण्टा बन्द गर्न लागिएको हो ।
विमानस्थल कार्यालयका अनुसार यहि बिहीबार (२३ कात्तिक)बाट काठमाडौं विमानस्थल राति १० बजेबाट बिहान ८ बजेसम्म बन्द रहने छ । २३ कात्तिकबाट १८ चैतसम्म विमानस्थल दैनिक १४ घण्टामात्र सञ्चालनमा रहने कार्यालयको सूचनामा उल्लेख छ । हाल काठमाडौं विमानस्थल बिहान ६ बजे खुल्छ भने राति २ बजेसम्म चल्दै आएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-11-05
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
