काठमाडौं । सहकारी काण्डमा आफ्ना सभापति पक्राउ परेपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज पनि पोखरामा विरोध प्रदर्शन गर्ने भएको छ । गत शुक्रबार पार्टी सभापति रवि लामिछाने पक्राउ परेपछि विरोधमा उत्रिएको रास्वपाले आज पनि पोखरामा प्रदर्शन गर्ने भएको हो ।
पार्टीका उपसपभाति डोलप्रसाद (डीपी) अर्यालले आज कात्तिक ६ गते मंगलबार दिउँसो १ः३० बजे पोखराको जिरो किमि भन्ने स्थानमा ‘राजनीतिक प्रतिशोधविरुद्धको ऐक्यबद्धताका लागि’ कार्यक्रम गरिने बताएका छन् ।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरण अनुसन्धानका लागि नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई यही कात्तिक ३ गते पक्राउ गरेको हो । काठमाडौंबाट पक्राउ परेका लामिछाने हाल कास्की प्रहरीको हिरासतमा छन् ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-10-22
२०८३ साउन ६ गते बुधबार: आजको राशिफल
देउवाले भने- सरकारले प्रतिशोधको राजनीति गरिरहेको छ
नेपाल टेलिभिजन स्याटेलाइट ब्याण्डविथ खरिद छानबिन प्रतिवेदन प्रधानमन्त्री कार्यालय र अख्तियारमा
यस वर्ष देशभर कति भयो रोपाइँ ?
को हुन् बेलायतका नयाँ प्रधानमन्त्री बर्नह्याम ?
आज यी नदीमा आकस्मिक बाढीको जोखिम, सतर्क रहन आग्रह
