काठमाण्डौ । धौलागिरि हिमाल आरोहणमा गएका १४ मध्ये पाँच जना रुसी नागरिकको ज्यान गएको पुष्टि भएको छ । गएको आइतवारदेखि सम्पर्कविहीन भएका उनीहरुको हिजो शव भेटिएको हो ।
ज्यान गुमाउनेमा अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइ रहेका प्रहरीले जनाएको छ ।उनीहरुको हेलिकप्टरबाट खोजी गरिएको थियो ।
धौलागिरिको क्याम्प–१ क्षेत्रबाट सम्पर्कविहीन रहेका उनीहरूको शव ७ हजार ६ सय मिटर उचाइमा भेटिएको पर्यटन विभागले जनाएको छ । ज्यान गुमाएका अलेक्जेन्डरको नेतृत्वमा १४ जनाको आरोहण टोली नेपाल आएर धौलागिरि आरोहण गर्न लागेको थियो ।
आईएएम ट्रेकिङ कम्पनीको व्यवस्थापनमा गएका १४ मध्ये ६ जनाको स्वास्थ्य बिग्रिएपछि उनीहरुले आरोहणको योजना रद्द गरेर आधार शिविरमै बसेका थिए । शपिलेवो नामका व्यक्ति क्याम्प–१ बाटै आरोहण योजना रद्द गरेर फर्किएको विभागले जनाएको छ ।
रातोचन्द्रसुर्य डेस्क
प्रकाशित: 2024-10-09
यी हुन् ‘बाः एक योद्धा’ले लुकाएका चार कलाकार
काठमाडौँ महानगरले शिक्षण अस्पताललाई दियो उच्च प्रविधियुक्त ओपीडी सेवाका लागि १ करोड ७० लाख बराबरका उपकरण
विभिन्न जिल्लामा तातो लहर चल्ने मौसम विभागको चेतावनी, सतर्क रहन आग्रह
२०८३ जेठ २२ गते शुक्रबार: आजको राशिफल
युद्धविराम गर्ने सहमति भएको केही घण्टामै लेबनानमा इजरायली ड्रोन आक्रमण
श्रीमतीको हत्या गरेको आरोपमा विदुर विश्वकर्मा पक्राउ
