
काठमाण्डौ । नेपाल वायु सेवा निगम (नेपाल एअरलाइन्स) को न्यारोबडी जहाजले आउँदो बुधवार फूलपातीका दिन काठमाण्डौ–भैरहवा उडान गर्ने भएको छ ।
सडक खराब हुँदा धेरै मानिस हवाई यात्रा गर्न बाध्य छन् । तर हवाईजहाजको टिकट पनि नपाएको र पाएको टिकट पनि धेरै महँगो भएको गुनासो आएको छ । गुनासोलाई केही हदसम्म सम्बोधन गर्न निगमले विदेशमा उडान गर्दै आएको १ सय ५८ सिटको न्यारोबडी जहाजमार्फत भैरहवामा एउटा उडान गर्न लागेको हो ।
फूलपातीका दिन काठमाण्डौबाट जहाज ११ बजे भैरहवाका लागि उड्नेछ । साढे १२ बजे काठमाण्डौ फर्किनेछ । काठमाण्डौबाट भैरहवाका लागि भाडादर ७ हजार रुपैयाँ रहेको छ भने भैरहवाबाट काठमाण्डौको भाडा ३८ सय ९० रुपैयाँ रहेको निगमले जनाएको छ । निगमको वेबसाइटबाट टिकट लिन सकिनेछ ।
रातो चन्द्रसुर्य डेस्क
प्रकाशित: २२ आश्विन २०८१, मंगलवार १०:०७
विद्युत्को पोलले लागेर एक जनाको मृत्यु

कार्बाइड हालेर पकाएको आँप बजारमा छ्यापछ्याप्ती, सचेत हुन विज्ञको सुझाव

दुई किशोरबीच फेसबुकमा भनाभनपछि भेट हुँदा कुटाकुट, एक जनाको मृत्यु

रामेछापमा अन्तरजातीय विवाह गर्ने १४ जोडी सम्मानित

पूर्वीनाका काँकडभिट्टाबाट १६ अर्ब १९ करोडको पेट्रोलियम पदार्थ आयात

आज विश्व वातावरण दिवस
